back
CTIZAN AD

गण्डकी प्रदेशसभाको आजको बैठकले के विधेयक पारित ग¥यो त ?

वि.सं.२०७६ असोज ८ बुधवार

681 

shares

८ असोज, पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पारित गरेको छ ।

सभामा सामाजिक विकासमन्त्री नरदेवी पुनले विधायन समितिको प्रतिवेदनसहित उक्त विधेयक पारित गरियोस् भनी पस्तुत गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सदस्यले उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए ।

यसअघि विधेयक माथिको छलफलमा प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले एकात्मक सामन्तीराज्य व्यवस्थाबाट अघि बढ्दै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा प्रवेश गरेको अवस्थामा प्रदेशको आफ्नै विश्वविद्यालय आवश्यक महसुस गरी उक्त विधेयक ल्याइएको बताए ।

गण्डकी प्रदेश विश्वविद्यालयलाई सबैले गौरव गर्ने किसिमको बनाइने बताउँदै उनले शैक्षिक गुणस्तरीयता एवं अनुसन्धानात्मक शिक्षालाई प्राथमिकतामा राखिने बताए ।

अर्का सदस्य मेखलाल श्रेष्ठले देशमा भएका अन्य विश्वविद्यालयले अपेक्षाअनुरुप प्रतिफल दिनसकेकोे वा नसकेको सम्बन्धमा समीक्षा गर्नुपर्ने बताए । पूर्वाधारको अभाव, कुन विषय पढाउनेजस्ता कुरा तय भइनसकेको अवस्थामा विश्वविद्यालय खोल्ने कुरा केवल कागजमा मात्रै सीमित हुने हो की भन्ने आशङ्का देखिएको उनले बताए ।

मीनप्रसाद गुरुङले सङ्घीयता कार्यान्वयनको विषय प्रत्यक्ष रुपमा विश्वविद्यालयसँग जोडिएको धारणा व्यक्त गरे। बैठकको शून्य समयमा सदस्य दीपक कोइरालाले चाडवाड नजिकिँदै गर्दा हुनसक्ने महङ्गी एवं कालोबजारीप्रति बेलैमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

विशेष समयमा अर्का सदस्य बरालले डेङ्गु ज्वरो नियन्त्रणमा आउन नसकेकाले यसमा सरोकारवाला पक्षको ध्यान जानु जरुरी रहेको बताए ।डेङ्गु नियन्त्रण अभियानमा लागेका व्यक्तिका लागि मलम, स्प्रे, चिया खाजालगायत आधारभूत बस्तु उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।अर्का सदस्य विन्दुकुमार थापाले वेष्टर्न हेल्थ साइन्स इन्ष्टिच्युट, काहुले पोखरा आसपासका विद्यार्थीको भर्ना नलिएको र आर्थिक चलखेलका आधारमा प्रदेश नं २ र ५ का विद्यार्थीलाई भर्ना गरिएको भन्दै यसमा सरकारको ध्यानाकर्षण गराए।

अर्का सदस्य राजीव पहारीले फेवाताल जलकुम्भीले ढाकिएको र दिनदिनै यसको आकार खुम्चच्दै गएकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए । यसैगरी मेखलाल श्रेष्ठले गाईको फोटो राखेर बधशालादेखि भान्छासम्म स्वस्थ र स्वच्छ मासु भन्दै विज्ञापन र हिन्दू धर्ममाथि असर पु¥याएकाले संविधानबमोजिम एक अर्काको धर्म र संस्कृतिको सम्मान तथा रक्षा गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य पियारी थापा, धनमाया पोखरेल लामा, विनोद केसीलगायतले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।आजको बैठकमा प्रदेशसभाका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अर्को बैठक बिहीबार दिनको १ बजे बस्नेछ । (रासस)

वि.सं.२०७६ असोज ८ बुधवार १७:०७ मा प्रकाशित

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...