back
CTIZAN AD

मेगा बैंकले लाभांश दिने

वि.सं.२०७६ असोज ९ बिहीवार

681 

shares

९ असोज, काठमाडौँ । मेगा बैंकले आफ्ना शेयर धनीलाई कूल ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम भएको चुक्ता पूँजी रु १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३ को ११ दशमलव ७५ प्रतिशतले हुन आउने बराबरको मुनाफा वितरण गर्न लागेको हो ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले रु एक अर्ब २२ करोड छ लाख ६३ हजार नगद लाभांश शेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकका नायब महाप्रबन्धक तुल्सीराम पोखरेलले जानकारी दिए ।

यस्तै मेगा बैंकले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति गर्नेसम्बन्धी विषयमा दुवै बैंकबीच सैद्धान्तिक सहमति भएको छ । मेगाका अध्यक्ष भोजबहादुर शाह र गण्डकीका अध्यक्ष सुशील गौचनले सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

वि.सं.२०७६ असोज ९ बिहीवार १५:४२ मा प्रकाशित

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...