१० असोज, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ते¥ह्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
ब सञ्चालक समितिका अध्यक्ष डा.शंकर प्रसाद शर्माको अध्यक्षतामा अमृतभोग, कालीकास्थान, डिल्लीबजार, काठमाण्डौमा शुक्रबार सम्पन्न भएको बैंकले जनाएको छ ।
सभाका अध्यक्षले शेयर धनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउदैँ भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराउँदै शेयरधनी तथा बैंकसँग सम्बन्धित अन्य व्यक्तिहरुले पु¥याएका सहयोगको लागि धन्यवाद प्रकट गर्दै भविष्यमा समेत सहयोग प्राप्त हुनेमा आशा प्रकट गरेको बताए ।
सोही साधरणसभाले संस्थापक समूह अन्र्तगत राजनसिंह भण्डारी, प्रवलजंग पाण्डे र सजन शर्मालाई निर्विरोध निर्वाचित गरेको छ ।
यसैगरी सर्वसाधारणको तर्फबाट भएको निर्वाचनबाट सीता कार्की (के.सि.) निर्विरोध निर्वाचित भएकी छन् ।
साधारणसभा पछि शुक्रबारै बसेको संचालक समितिको ३१४ औं बैठकले राजन सिंह भण्डारीलाई अध्यक्षको रुपमा मनोनयन गरेको बताएको छ ।
सिटिजन्स बैंकले आर्थिक वर्ष ०७५/७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ र सोहि अवधिभित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ ।
उक्त बैंकले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ बताएको छ ।
वि.सं.२०७६ असोज १० शुक्रवार १५:५४ मा प्रकाशित




























