back
CTIZAN AD

रक्तसञ्चार सेवा सुरु भएको पचास वर्ष पूरा

वि.सं.२०७३ मंसिर १३ सोमवार

888 

shares

 १३ मङ्सिर,काठमाडौँ । नेपालमा रक्तसञ्चार सेवा सुरु भएको ५० वर्ष पूरा हुँदा पनि तीन जिल्लामा सेवा पुग्न सकेको छैन । मनाङ, मुस्ताङ र डोल्पामा रक्तसञ्चार सेवा सुरु हुन सकेको छैन ।

रक्त सञ्चार सेवा सुरु भएको स्वर्णजयन्तीका अवसरमा नेपाल जनस्वास्थ्य प्रयोगशाखा र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले अझ पनि रगतको अभावमा धेरैले ज्यान गुमाउन परेको गुनासो बढिरहेको समयमा ती जिल्लामा यथाशक्य चाँडो रक्तसञ्चार सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

उहाँले रगतको गुणस्तरीयतामा कुनै सम्झौता नगरी दाताले निःशुल्क उपलब्ध गराएको रगत बिरामीलाई पनि कुनै पनि प्रकारको शुल्क नदिई निःशुल्करुपमा प्रदान गर्ने वातावरण बनाउन पनि आग्रह गर्नुभएको छ ।

वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले रक्तसञ्चार केन्द्र टाढा हुँदा बिरामीले निकै कष्ट भोग्नुपरेको उल्लेख गर्दै रातको समयमा रगत पाउन निकै कठिन भएको बताउनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखाका निर्देशक डा गीता शाक्यले कतिपय अवस्थामा रगत प्रयोग नहुँदा खेर गइरहेकाले त्यसलाई रोक्ने चुनौती बढेकाले प्रत्येक अस्पतालले रगत उपलब्ध गराउन सक्ने व्यवस्था आवश्यक भएको बताउनुभयो । त्यसको सुरुवात वीर अस्पतालबाट गर्ने विषयमा कुरा भइरहेको पनि जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जय थापाले रक्तसञ्चार केन्द्र बालकुमारी सर्दा बिरामीले धेरैले नै समस्या भोग्नु परेको भन्दै त्यसलाई कालीमाटीमा रहेको केन्द्रीय कार्यालयबाटै सञ्चालन गर्ने प्रयास सुरु भएको जानकारी दिनुभयो । गत वर्षको भूकम्पपछि भृकुटीमण्डपमा रहेको रक्तसञ्चार सेवा बालकुमारी सरेको छ ।

उहाँले आफुहरुले उपयुक्त स्थानको खोजी गर्दा पाउन सकेपछि तीन–चार महिनापछि कालीमाटी केन्द्रीय कार्यालय परिसरबाटै रगत उपलब्ध गराउने गरी काम भइरहेको बताउनुभयो । अझ पनि पर्याप्त रक्तदान नहुँदा बेलाबेला रगतको अभाव हुने गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले दुई प्रतिशतभन्दा बढी रक्तदान हुनुपर्ने मान्यता राखे पनि नेपालमा भने ०.५ प्रतिशतले मात्र रक्तदान गर्दै आएका छन् । विसं २०२३ मा वीर अस्पतालको प्याथोलोजी शाखाबाट रक्तसञ्चार सेवा सुरु भएको थियो ।

कार्यक्रममा सय पटकभन्दा बढी रक्तदान गर्ने १६ जनालाई सम्मान गरिएको थियो । हाल नेपालको ७२ जिल्लाका एक सय पाँच रक्तसञ्चार केन्द्रबाट रगत सङ्कलन हुँदै आएको छ ।

वि.सं.२०७३ मंसिर १३ सोमवार ११:०४ मा प्रकाशित

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...