back
CTIZAN AD

गम्भीर जालसाजी भएको र लाखौँले गैरकानुनी रूपमा मतदान गरेको ट्रम्पको दाबी

वि.सं.२०७३ मंसिर १३ सोमवार

831 

shares

 १३ मङ्सिर,वासिङटन । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा विजय हासिल गर्नुभएका डोनाल्ड ट्रम्पले थप प्रमाण नदिइकनै आइतबार निर्वाचनमा मतदाताबाट गम्भीर जालसाजी भएको र लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान गरेको दाबी गर्नुभएको छ । उहाँले आफ्ना भनाइ प्रमाण नदिइकनै ट्विटरमा व्यक्त गर्नुभएको हो ।

ह्वाइट हाउसतर्फको मार्गमा सबैलाई चकित बनाउँदै प्रवेश गर्नुभएका ट्रम्पले डेमोक्र्याटिक पार्टीका प्रतिद्वन्द्व हिलारी क्लिन्टनभन्दा कम लोकप्रिय मत प्राप्त गर्नुभएको छ । क्लिन्टनले ट्रम्पको भन्दा २२ लाख बढी मत प्राप्त गरे पनि ट्रम्पले इलेक्टोरल कलेजमा बढी मत प्राप्त गर्नुभएको छ र यसैका आधारमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन निर्धारण हुन्छ ।

रिपब्लिकन पार्टीका अरबपति ट्रम्पको पछिल्लो भनाइमा लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान नगरेको भए आफूले लोकप्रिय मत पनि बढी प्राप्त गर्ने दाबी गरिएको छ । विसकनसिन राज्यमा पुनः मतगणना हुनेतर्फ पाइला अगाडि बढेको अवस्थामा ट्रम्पको भनाइ आएको हो । उक्त राज्यमा ट्रम्पले विजय हासिल गर्नुभएको थियो ।

पुनः मतगणनाको कार्य हुननदिन ट्रम्प तथा उहाँका सहयोगीहरूले कडा प्रयास गर्नुभएको छ र उहाँले यसघि क्लिन्टनले निर्वाचन प्रक्रियालाई सम्मान गर्नुपर्ने भनी अनेकौँ ट्विट गर्नुभएको थियो ।

निर्वाचन अगाडि ट्रम्पले निर्वाचनको नतिजामा धाँधली हुने चेतावनी दिनुभएको थियो भने नोभेम्बर महिनामा अनपेक्षित रूपमा विजय हासिल गरेपछि उहाँले त्यस्तो कुनै गुनासो गर्नुभएको छैन ।

ट्रम्पले ट्विटमा भर्जिनिया, न्यु ह्याम्पसर र क्यालिफोर्नियामा पनि गम्भीर जालसाँजी भएको र आमसञ्चारले यस्तो समाचार नदिएको भनी आरोप लगाउनुभएको छ ।

कुनै पनि निर्वाचन सुपरिवेक्षकले व्यापक जालसाजी भएको टिप्पणी गरेका छैनन । रासस/एएफपी

वि.सं.२०७३ मंसिर १३ सोमवार ११:०६ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...