back

फ्रान्समा राष्ट्रपति पदको उम्मेदवारीका लागि प्रारम्भिक चरणमा परम्परावादी फिलोँ विजयी

वि.सं.२०७३ मंसिर १३ सोमवार

390 

shares
GLOBAL IME AD
NTC AD

 १३ मङ्सिर,पेरिस । फ्रान्समा आउँदो वर्ष हुने राष्ट्रपति पदको निर्वाचनका लागि दक्षिणपन्थी दलको तर्फबाट उम्मेदवारी दिन फ्रान्सेली सरकारको आकार घटाउने बचन दिने परम्परागत सुधारवादी फ्राँस्वा फिलोँले आफ्ना प्रतिद्वन्द्व अलाँ जुपेलाई प्रारम्भिक चरणको मतदानमा पराजित गर्नुभएको छ ।

अमेरिकी शैलीमा भएको प्राथमिक चरणको निर्वाचनमा विजय हासिल गरेपछि रिपब्लिकन पार्टी तथा उसका सहयोगी दलका तर्फबाट उम्मेदवार हुन पूर्व प्रधानमन्त्री ६२ वर्षीय फिलोँलाई नयाँ नेताको रूपमा समर्थन प्राप्त भएको छ ।

यस प्रारम्भिक चरणको निर्वाचनमा १० हजार २२९ मतदान केन्द्रमा मतदान भएको थियो र नौ हजार ९१५ मतदान केन्द्रमा खसेको मत गणना हुँदा फिलोँले ६६.५ प्रतिशत मत प्राप्त गर्नुभएको देखिएको छ ।

निर्वाचनपछिको आफ्नो दलको एक भेलामा मध्यमार्गी जुपेले पराजय स्वीकार गर्नुभएको थियो भने फिलोँले अब फ्रान्सले अधोगति नसहने र मुलुकले सत्य र क्रिया चाहेको बताउनुभयो ।

अमेरिकामा डोनाल्ड ट्रम्पको विजय तथा बेलायतमा युरोपेली युनियन परित्यागका लागि भएका निर्वाचनमा स्थापित परम्पराको विरोधमा मतदान भएको देखिएपछि फ्रान्सेली निर्वाचनलाई पनि यस्तै अवधारणाको परीक्षणको हेरिएको छ ।

अब फिलोँले अप्रिल तथा मे महिनामा हुने दुई चरणको निर्वाचनमा कट्टर दक्षिणपन्थी नेसनल फ्रन्टका नेता म्यारिन ल पेँको कडा प्रतिस्पर्धा भोग्नुपर्नेछ । उहाँ फ्रान्सको सत्ताधारी बर्गको प्रतिनिधित्व गर्नुहुन्छ ।

आइतबार रातीका दुई सर्वेक्षणमा फिलोँ ल पेँभन्दा अगाडि देखिनुभएको छ । उहाँहरूको तुलनामा बामपन्थी उम्मेदवार पछि देखिएका छन् ।

राजनीतिज्ञ तथा सन् २००७ देखि १२ का लागि प्रधानमन्त्री बन्नुभएका फिलोँले फ्रान्स विद्रोहको नजिक पुगेको र सार्वजनिक क्षेत्रका पाँच लाख नोकरी कटौती गर्ने तथा व्यवसायलाई नियमित गर्ने आफ्नो योजना हाल निरुत्साहित फ्रान्सका लागि उर्जावर्धक औषधि हुने दाबी गर्नुभएको छ ।

क्याथोलिक धर्म मान्नुहुने फिलोँले आप्रवासी र इस्लामप्रति कडा धारणा राख्नुभएको छ र उहाँले गत साता आप्रवासीको सम्बन्धमा ‘‘अर्काको घरमा प्रवेश गर्ने व्यक्तिले सोही घरलाई नियन्त्रणमा लिने काम गर्न नहुने’’ बताउनुभएको थियो । रासस/एएफपी

वि.सं.२०७३ मंसिर १३ सोमवार ११:०७ मा प्रकाशित

ट्रम्प र पुटिनबीच युक्रेनबारे मङ्गलबार छलफल हुने

ट्रम्प र पुटिनबीच युक्रेनबारे मङ्गलबार छलफल हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका...

विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

वासिङ्टन । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने...

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

बेइजिङ । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा...

चीनले यस हप्ता रुस र इरानलाई आणविक वार्ताका लागि आतिथ्य गर्ने

चीनले यस हप्ता रुस र इरानलाई आणविक वार्ताका लागि आतिथ्य गर्ने

बेइजिङ । चीनले शुक्रबार तेहरानको आणविक कार्यक्रमबारे त्रिपक्षीय वार्ताका लागि...

रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन

रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन

सिबी (पाकिस्तान) । पाकिस्तानी सुरक्षा बलले बुधबार पहाडी दक्षिणपश्चिममा विद्रोहीहरूद्वारा...

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा पक्राउ

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा पक्राउ

मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मानवता विरुद्धको अपराधको मुद्दामा...