back
CTIZAN AD

फ्रान्समा राष्ट्रपति पदको उम्मेदवारीका लागि प्रारम्भिक चरणमा परम्परावादी फिलोँ विजयी

वि.सं.२०७३ मंसिर १३ सोमवार

786 

shares

 १३ मङ्सिर,पेरिस । फ्रान्समा आउँदो वर्ष हुने राष्ट्रपति पदको निर्वाचनका लागि दक्षिणपन्थी दलको तर्फबाट उम्मेदवारी दिन फ्रान्सेली सरकारको आकार घटाउने बचन दिने परम्परागत सुधारवादी फ्राँस्वा फिलोँले आफ्ना प्रतिद्वन्द्व अलाँ जुपेलाई प्रारम्भिक चरणको मतदानमा पराजित गर्नुभएको छ ।

अमेरिकी शैलीमा भएको प्राथमिक चरणको निर्वाचनमा विजय हासिल गरेपछि रिपब्लिकन पार्टी तथा उसका सहयोगी दलका तर्फबाट उम्मेदवार हुन पूर्व प्रधानमन्त्री ६२ वर्षीय फिलोँलाई नयाँ नेताको रूपमा समर्थन प्राप्त भएको छ ।

यस प्रारम्भिक चरणको निर्वाचनमा १० हजार २२९ मतदान केन्द्रमा मतदान भएको थियो र नौ हजार ९१५ मतदान केन्द्रमा खसेको मत गणना हुँदा फिलोँले ६६.५ प्रतिशत मत प्राप्त गर्नुभएको देखिएको छ ।

निर्वाचनपछिको आफ्नो दलको एक भेलामा मध्यमार्गी जुपेले पराजय स्वीकार गर्नुभएको थियो भने फिलोँले अब फ्रान्सले अधोगति नसहने र मुलुकले सत्य र क्रिया चाहेको बताउनुभयो ।

अमेरिकामा डोनाल्ड ट्रम्पको विजय तथा बेलायतमा युरोपेली युनियन परित्यागका लागि भएका निर्वाचनमा स्थापित परम्पराको विरोधमा मतदान भएको देखिएपछि फ्रान्सेली निर्वाचनलाई पनि यस्तै अवधारणाको परीक्षणको हेरिएको छ ।

अब फिलोँले अप्रिल तथा मे महिनामा हुने दुई चरणको निर्वाचनमा कट्टर दक्षिणपन्थी नेसनल फ्रन्टका नेता म्यारिन ल पेँको कडा प्रतिस्पर्धा भोग्नुपर्नेछ । उहाँ फ्रान्सको सत्ताधारी बर्गको प्रतिनिधित्व गर्नुहुन्छ ।

आइतबार रातीका दुई सर्वेक्षणमा फिलोँ ल पेँभन्दा अगाडि देखिनुभएको छ । उहाँहरूको तुलनामा बामपन्थी उम्मेदवार पछि देखिएका छन् ।

राजनीतिज्ञ तथा सन् २००७ देखि १२ का लागि प्रधानमन्त्री बन्नुभएका फिलोँले फ्रान्स विद्रोहको नजिक पुगेको र सार्वजनिक क्षेत्रका पाँच लाख नोकरी कटौती गर्ने तथा व्यवसायलाई नियमित गर्ने आफ्नो योजना हाल निरुत्साहित फ्रान्सका लागि उर्जावर्धक औषधि हुने दाबी गर्नुभएको छ ।

क्याथोलिक धर्म मान्नुहुने फिलोँले आप्रवासी र इस्लामप्रति कडा धारणा राख्नुभएको छ र उहाँले गत साता आप्रवासीको सम्बन्धमा ‘‘अर्काको घरमा प्रवेश गर्ने व्यक्तिले सोही घरलाई नियन्त्रणमा लिने काम गर्न नहुने’’ बताउनुभएको थियो । रासस/एएफपी

वि.सं.२०७३ मंसिर १३ सोमवार ११:०७ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...