back
CTIZAN AD

असहज अवस्थाबीच जिम्बाबेले डलरको स्थानमा आफ्नै मुद्रा प्रचलनमा ल्यायो

वि.सं.२०७३ मंसिर १३ सोमवार

822 

shares

१३ मङ्सिर,हरारे। जिम्बाबेले सोमबार नगदको गम्भीर सङ्कट हटाउन अमेरिकी डलरको समकक्षमा आफ्नै मुद्राको रूपमा जमानतयुक्त नोट जारी गरेको छ । अर्कोतर्फ यस मुद्रामा पनि उच्च स्फीति हुने आशङ्का गरिएको छ ।

अफ्रिकाको दक्षिणी भागमा अवस्थित सङ्कटग्रस्त यस मुलुकले सन् २००९ देखि अमेरिकी हरियो मुद्राका साथमा अनेकौँ विद्रशी मुद्रा उपयोगमा ल्याइरहेको छ । यसअघि ५०० अर्ब प्रतिशतसम्म स्फीति भएको अवस्थामा त्यहाँ जिम्बाबे डलर उपयोगमा आउन नसकेको बताइएको छ ।

सानातिना खरिदका लागि त्यहाँ एक वर्ष अगाडि सिक्का जारी गरिएको थियो र हाल दुई तथा पाँच डलरका जमानतयुक्त नोट जारी गरिएको छ ।

हालैको महिनामा यस मुलुकले अमेरिकी डलरको निकै अभाव भोग्नुपरेको थियो र राष्ट्रपति रोबर्ट मुगोबेको सरकार अमेरिकी डलरको प्रतिनिधिको रूपमा स्थानीय मुद्रा छाप्न बाध्य भएको थियो ।

साप्ताहिक समाचारपत्र द स्ट्यान्डर्डले आफ्नो सम्पादकीयमा सन् २००९ मा उच्च मुद्रास्फीतिका कारण जिम्बाबे डलर प्रयोग बाहिर गएको अवस्था सम्झेका यस मुलुकका नागरिक सामान्यतया सरकारको जमानतयुक्त नोट जारी गर्ने कुराको विरोधमा रहने गरेको उल्लेख गरेको छ ।

यहाँको केन्द्रीय बैङ्कले खुद्रा व्यापारी तथा अन्य व्यापारीले सरकारको जमानतयुक्त नोट स्वीकार गर्ने जानकारी दिएको भनी आफ्नो विज्ञापनमा उल्लेख गरेको छ ।

नयाँ जमानतयुक्त नोट आउने अवस्थामा त्यहाँ गत साता इन्धनको सङ्कट आउने हल्ला चलेको थियो र केही इन्धन केन्द्रमा ग्राहकको लाइन देखिए ।

यसपछि सरकारले इन्धनको पर्याप्त भण्डार रहेको भनी चालकको त्रास कम गर्न प्रयास गरेको थियो ।

सन् २००९ मा विदेशी मुद्रामा भर पर्न थालेपछि यस मुलुकको अर्थतन्त्रले स्थायित्व प्राप्त गरे पनि विदेशी लगानी निरुत्साहित गर्ने सरकारको नीतिका कारण अर्थतन्त्र पुन लडखडाएको छ ।

आर्थिक अवस्था खस्कन थालेपछि बैङ्कमा नगदको कमी देखिन थाल्यो र बैङ्कका ग्राहकले आफ्नो रकम फिर्ता पाउन रातभर बैङ्कमा कुनुपर्ने अवस्था आयो ।

जिम्बाबेमा पटकपटकको आर्थिक कठिनाइका कारण व्यवसायले क्षति भोगिरहेको अवस्थामा सरकारले सैनिक तथा कर्मचारीलाई समयमै पारिश्रमिक दिन नसक्दा उनीहरूले अझै कष्ट भोगेका छन् ।

सरकारको जमानत प्राप्त नोट जारी हुँदा जनतामा क्रोध बढेको छ र सडकमा विरोध देखिएको छ ।

नयाँ नोट जारी गर्ने कुराविरुद्द सडक प्रदर्शन गर्ने योजना बनाएका धेरै कार्यकर्ता कुटिएका छन् र उनीहरूलाई पक्राउ गरिएको छ ।

सरकारले नयाँ नोटलाई काइरोस्थित अफ्रेजिमबैङ्क (अफ्रिका आयात निर्यात बैङ्क) को २० करोड अमेरिकी डलर बराबर समर्थन प्राप्त भएको दाबी गरेको छ । रासस/एएफपी

वि.सं.२०७३ मंसिर १३ सोमवार ११:०८ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...