back
CTIZAN AD

दशैँमा इन्धनको अभाव नहुने, सरकारी बिदामा पनि डिपो खुल्ने

वि.सं.२०७६ असोज १९ आइतवार

846 

shares

 

काठमाडौँ, १८ असोज ।नेपाल आयल निगमले दशैँका अवसरमा काठमाडौँ उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ ।

पेट्रोलियम पदार्थको आयात नियमितरूपमा भइरहेको र सबै डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको निगमले जनाएको छ । फूलपातीको दिन उपत्यकाबाट बाहिरिने सवारीसाधनको अवस्थालाई मध्यनजर गर्दै निगमको थानकोटस्थित डिपोले आज उपत्यकामा झण्डै २० लाख लिटर पेट्रोलियम पदार्थ वितरण गरेको छ ।

थानकोट डिपोबाट शनिबार ११ लाख ५० हजार लिटर पेट्रोल र आठ लाख ५० हजार लिटर डिजेल विभिन्न पेट्रोल पम्पलाई पठाइएको डिपोका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । फूलपातीका दिन निगमका सबै डिपो नियमितझै खुला रहनेछन् ।

“निगमसँग पर्याप्त मात्रामा इन्धनको मौज्दात रहेको छ, आयात नियमित रहेको छ”, उनले भने, “पेट्रोलपम्पले मागे जति नै इन्धन उपलब्ध गराएका छौँ, इन्धनको कुनै अभाव हुँदैन ।” दशैँलाई लक्षित गर्दै विगत तीन/चार दिनदेखि उपत्यकामा औसत दैनिक आठ लाख लिटर पेट्रोल र डिजेल बिक्री गरिएको निगमले जनाएको छ । निगमले पर्याप्त मात्रामा इन्धन भण्डारण गर्न सबै पेट्रोल पम्पलाई आग्रह गरेको छ ।

उपत्यकाका सबै पेट्रोल पम्पबाट सहजरूपमा इन्धन बिक्री भइरहेको छ । उपत्यकाबाट बाहिरिने सवारीसाधनका कारण इन्धन भर्नेको केही चाप देखिए पनि कुनै पनि पेट्रोल पम्पमा लाइन बस्नुपर्ने अवस्था छैन ।

सरकारी बिदामा पनि डिपो खुल्ने

दशैँको बिदामा पनि इन्धनको अभाव हुन नदिन निगमले सार्वजनिक बिदा भए पनि डिपो आंशिक खुला राख्ने भएको छ । कुनै पनि पेट्रोल पम्पबाट इन्धनको माग आए तत्कालै ‘लोड’ गर्ने गरी कर्मचारीको व्यवस्था गरिएको छ ।

थानकोट डिपोमा मात्र प्राविधिकसहित १५ कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । उनीहरूले जुनसुकै बेला पेट्रोल पम्पबाट इन्धनको माग आएमा ‘लोड’ गर्ने प्रमुख उपाध्यायले जानकारी दिए । निगमको थानकोटस्थित डिपोले काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट र रामेछापका केही क्षेत्रका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी ५ नं प्रादेशिक कार्यालय भैरहवामा पनि सार्वजनिक बिदाको दिन भैपरी कामका लागि अत्यावश्यक कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । प्रादेशिक कार्यालयबाट बिक्री वितरण गरिने पेट्रोलियम पदार्थ सहजरूपमा उपलब्ध गराउन १० जना कर्मचारीलाई तम्तयारी अवस्थामा खटाइएको निगमले जनाएको छ ।

यसैगरी १ नं प्रादेशिक कार्यालय विराटनगरले पनि दशैँका बेला इन्धनको अभाव नहोस् भनेर पाँच जना कर्मचारीलाई ‘डियूटी’ मा खटाएको छ । उनीहरूले निगमको आपूर्ति तथा वितरण विभाग र स्थानीय प्रशासनसँगको समन्वयमा इन्धन ‘लोड’ गर्ने प्रादेशिक प्रमुख इञ्जिनीयर अशोक साहले जानकारी दिए । सो डिपोमा ९० प्रतिशत इन्धन मौज्दात रहेको छ । बिक्रेताले माग गरेबमोजिम इन्धन उपलब्ध गराइएको उनले बताए ।

पेट्रोलियम पदार्थको मूल्य यथावत
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि निगमले चाडपर्वलाई मध्यनजर गर्दै इन्धनको साविकको बिक्री मूल्यलाई नै यथावत राखेको छ । भारतीय आयल कर्पोरेशनले निगमलाई अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ छ पैसा, डिजेलमा तीन रूपैयाँ ३६ पैसा, मट्टितेलमा दुई रूपैयाँ ६२ पैसा, हवाई इन्धनमा प्रतिलिटर दुई रूपैयाँ ६४ पैसा तथा एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर १५ रूपैयाँ ९८ पैसाले बढेर आएको निगमले जनाएको छ ।

काठमाडाँै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १०७, डिजेल/मट्टितेल रु ९५, हवाई इन्धन (आन्तरिक) रु ९४.५०, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर एक अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० रहेको छ । (रासस)

 

वि.सं.२०७६ असोज १९ आइतवार ११:०९ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...