back
CTIZAN AD

संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णय

वि.सं.२०७३ मंसिर १४ मंगलवार

945 

shares

baithak

१४ मंसिर, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को पोलिटब्यूरो बैठकमा संविधान संशोधनका विषयमा छलफल भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी मंगलबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णय भएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले संविधान संशोधनबारे दलहरुबीच भएको छलफल र प्रगतिबारे बैठकलाई जानकारी गराउनु भएको थियो ।
बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका नेता अग्नि सापकोटाले भन्नुभयो, ‘आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षले संविधान संशोधनबारे भएको प्रगतिबारे जानकारी गराउनु भयो । हिजो राष्ट्रपतिज्यूसँगको छलफलले सकारात्मक वातावरण बनेको छ । बैठकले संविधान संशोधनबारे राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको छ ।’ पोलिट्ब्यूरो बैठक बुधबार पुनःबस्ने जनाइएको छ ।

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०८:४८ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...