१ कार्तिक , काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीका गतिविधिप्रति असन्तोष व्यक्त गरेका छन् ।
नेकपा चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीमा क्यान्सर नै नलागेको तर धूलोमैलो बढेको, ग्यास्ट्रिक र अलि अलि अल्सर लागिसकेको भन्दै चिन्ता जाहेर गरे । ‘नेकपालाई कम्युनिष्ट पार्टी जस्तो बनाउन म आन्दोलन गर्न तयार छु,’ उनले भने ।
अध्यक्ष दाहालको असन्तोष विशेष गरेर चितवनमा पछिल्लो समयमा भएका केही गतिविधिपति केन्दित थियो । आत्महत्या दुरत्साहन मुद्दामा रवि लामिछाने पक्राउ परेपछिका प्रदर्शनमा अध्यक्ष दाहालविरुद्ध भाषण र नाराबाजी भएका थिए । ज्ञानेन्द्र शाहीले भ्रष्टाचारको विरोधमा भन्दै गरेका कनर्याक्रममा पनि दाहाल लक्षित टिप्पणी हुने गरेको छ ।
यस्तै, जिल्लाको पेसागत संगठनको निर्वाचनमा नेकपानिकट व्यक्तिहरु पराजित भएका छन् । हालै भएका अन्य संस्थाका चुनावमा नेमपानिकट व्यक्तिहरु आपसमा मिलेको नदेखिएको अध्यक्ष दाहालले बताए । शुक्रबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ कात्तिक १ शुक्रवार ०८:१० मा प्रकाशित






























