back
CTIZAN AD

अपाङ्गता भएका कृषकलाई अनुदान

वि.सं.२०७६ कात्तिक १ शुक्रवार

912 

shares

१ असोज, सुर्खेत । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अपाङ्गता भएका सुर्खेतका कृषकलाई अनुदानस्वरुप आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई कृषि पेशामा आकर्षित गर्न मन्त्रालयले रु तीन लाख ३० हजार अनुदान प्रदान गरेको हो ।

मन्त्रालय र अपाङ्ग समाज सुर्खेतबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अपाङ्ग समाजमा आबद्ध १० घरधुरीका कृषकलाई च्याउखेती गर्न चाहिने सामग्री खरीदका लागि उक्त रकम उपलब्ध गराइएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आत्मनिर्भर अर्थतन्त्रका लागि समाजका सबै वर्ग समुदाय कृषि उत्पादनमा जोडिनुपर्ने बताए । “व्यावसायिक कृषि क्षेत्रमा सबैको आबद्धता जरुरी छ”, उनले भने, “अपाङ्गता भएका व्यक्तिले आफँै कमजोर महसुस गरी बस्नु हुँदैन, सक्दो काम गर्ने हो, त्यसले आफ्नो आम्दानीको स्रोतका साथै समाजमा इज्जत पनि बढाउँछ ।”

प्रदेश सरकारले किसानलाई प्रोत्साहित गरेर खाद्यान्न उत्पादनको अवस्थामा सुधार ल्याउन योजनाबद्ध क्रियाशील रहेको मन्त्री केसीले बताए । मन्त्रालयले चालू आव ‘मेरो किसान, मेरो अन्नदाता’ नारासहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले विकट जिल्लामा खाद्यान्न सङ्कट टार्न कृषि व्यवसायमा आबद्धता बढाउन जरुरी रहेको बताए । “खाद्यान्न अभाव टार्न जमीन, मल, उन्नत बीउको प्रयोग समुचित हिसाबले हुन जरुरी छ”, उनले भने । (रासस)

वि.सं.२०७६ कात्तिक १ शुक्रवार ०९:५७ मा प्रकाशित

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...