६ कार्तिक , काठमाडौँ । नेबिको प्रालिले सुगर फ्री डाइजेष्टिभ बिस्कुट ‘गिफ्ट फेमेली प्याक’मा ल्याएको छ । गुणस्तरलाई कायमै राख्न र आकर्षण बनाउन नयाँ प्याकेजिङ मेटेरियल गरिएको कम्पनीले जनाएको छ ।
३६० ग्रामको यो बिस्कुट २ सय रुपैयाँमा उपलब्ध छ । फेमेली प्याकभित्र १० वटा साना प्याक रहेकाले ग्राहकले खरिदपछि तुरन्त खपत गर्नुपर्ने बाध्यता नरहने कम्पनिले जनाएको छ ।
कम्पनिका अनुसार उपभोक्ताको पाचन प्रणालीको सहजीकरण, तौल नियन्त्रण तथा सन्तुलन एवं मधुमेह भएका तथा नभएकाको स्वास्थ्यलाई पनि ध्यानमा राखी कोलस्ट्रोलरहित उत्कृष्ट स्वादमा बिस्कुट उपलब्ध रहेको छ । बुधबारको हिमालय टाइम्सबाट
वि.सं.२०७६ कात्तिक ६ बुधवार ०८:३३ मा प्रकाशित






























