back
CTIZAN AD

नारायणगढ–बुटवल सडक विस्तार : रुख नभएको स्थानबाट काम सुरु

वि.सं.२०७६ कात्तिक ९ शनिवार

828 

shares

९ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम शुरु गरेको हो ।

नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु हुन नसकेको भनेर गुनासो बढ्न थालेपछि निर्माणको जिम्मा पाएको कम्पनीले काम शुरु गरेको हो । गत चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सडक विस्तारको शिलान्यास गरेका थिए। शिलान्यासको सात महीनापछि काम शुरु भएको छ । सडक विस्तारका क्रममा सडक क्षेत्रभित्र पर्ने रुख काट्ने अनुमति प्राप्त हुन नसक्दा कम्पनीले रुख नभएको स्थानबाट काम शुरु गरेको छ ।

आयोजनाको पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीका अनुसार रुख काट्ने अनुमति अझै पूर्णरुपमा पाइएको छैन । रुख काट्ने अनुमति नआएको र काम शुरु गर्नसमेत ढिलो भएपछि कम्पनीले रुख नभएको स्थानबाट काम शुरु गरेको हो । पहिलो पटक गरेको वातावरणीय अध्ययनबाट रुख कटानको यकिन तथ्याङ्क ननिस्किएपछि दोस्रो पटक फेरि वातावरणीय अध्ययन गर्नुपरेकाले रुख कटानको अनुमति आउनसमेत ढिलाइ भएको उनले बताए ।

दोस्रो पटकको वातावरणीय अध्ययनबाट कम्तीमा ५० हजार रुख काट्न सकिने स्वीकृति भएको छ । रुख काट्न अनुमति भने अझै नआएको हुदाँ तिहारलगत्तै रुख कटानको अनुमति आउने र काम पनि धमाधम शुरु हुने योजना प्रमुख अधिकारीले बताए । रुख नभएको स्थानमा माटो काट्ने, तह मिलाउने र माटो भर्ने काम गरिने योजना प्रमुख अधिकारीले बताए । त्यसअन्तर्गत लोकाहामा माटो काट्ने, तह मिलाउने र माटो भर्ने काम शुरु गरिएको छ ।

गैँडाकोटको थुम्सीबाट भने सडकमा रहेका सानासाना पानी निकासका लागि राखिएका ह्युम पाइपलाई फेर्ने, व्यवस्थित गर्ने काम गर्न लागिएको उनले बताए । अहिले पहिलो खण्डअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको काम शुरु गरिएको हो । रुख काटन अनुमति लिन, विद्युत्, खानेपानीलगायत सडक क्षेत्रभित्र पर्ने पूर्वाधारको व्यवस्थापनको विषय छलफल गरेर काम गर्नुपर्ने भएकाले समेत काम शुरु गर्न ढिलाइ भएको योजना प्रमुख अधिकारीले बताए ।

अब निर्माणको काममा कुनै बाधा नआए कामले गति लिने उनले बताए । दोस्रो खण्डमा भने अझै काम शुरु हुन सकेको छैन । नारायणगढ– बुटवलखण्डलाई दुई भागमा विभाजन गरिएको छ । सोअन्तर्गत नवलपरासीपूर्व गैँडाकोटदेखि दाउन्नेसम्मको एउटा खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको अर्को खण्ड रहेका छन् । झण्डै ११३ किलोमिटर सडक विस्तार गरी चार लेनको बनाउन लागिएको हो । सरकारले पूर्व पश्चिम राजमार्ग विस्तारको योजना यसै खण्डबाट शुरु गर्न लागेको हो ।

एशियाली विकास बैंकको ऋण सहयोगमा सडक विस्तारको काम गर्न लागिएको हो । सडक विस्तारका लागि झण्डै रु १७ अर्बमा ठेक्का लागेको छ । सडक विस्तारपछि चार लेनको हुनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ । दुई दुई लेनको बीचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण हुने छ ।

तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । बजार क्षेत्रमा ‘सर्भिस लेन’ समेत निर्माण गरिने छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिने छ । उकालोतर्फ चढ्ने सवारीले प्रयोग गर्ने गरी दुई लेन र ओरालोमा उत्रिने सवारीले एक लेन प्रयोग गर्ने गरी तीन लेनको सडक निर्माण गरिने योजना प्रमुख अधिकारीले बताए। (दयाराम आचार्य, रासस)

वि.सं.२०७६ कात्तिक ९ शनिवार ०९:२० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...