back

माझठानामा मरिचखेती

वि.सं.२०७३ मंसिर १५ बुधवार

750 

shares

१५ मङ्सिर,पोखरा। माझठाना गाविस– ६ स्याङ्खुदीका सूर्यमोहन बास्तोलाले व्यावसायिक रुपमा मरिचखेती सुरु गर्नुभएको छ ।

घर छेउमै लगाइएका एक सय बिरुवामध्ये ५० वटाले फल दिन सुरु गरेका छन् । उहाँले यस बर्ष ६० किलो मरिच बिक्री गरेर रु ६० हजार आम्दानी गर्नुभएको छ । च्याखुरी जातको सो मरिचबाट वार्षिक रु पाँच लाख आम्दानी गर्ने बास्तोलाको लक्ष्य छ ।

कृषि उद्यमका लागि जिल्लामा विभिन्न नयाँ÷नयाँ प्रयोग भित्र्याउने दिवङ्गत समाजसेवी सोमनाथ आत्रेयले २०४० सालमा दार्जिलिङबाट पहिलोपटक मरिचको बिरुवा ल्याउनुभएको थियो । फलेदाको बोटमा लगाइएको उक्त मरिचले वार्षिक करिब १५० किलो उत्पादन दिने गरेको उहाँका छोरा छत्रधरले बताउनुभयो ।

लहरेबाली मरिचका लागि बोक्रा खस्रो हुने आँप, कल्कि, चिलाउने, फलेदो, साल, कटुसलगायतका बोटको आवश्यकता पर्छ । फेदमा लगाएको मरिचले फल दिने र रुख हुर्केपछि काठ बिक्री हुने हुँदा दोहोरो फाइदा लिन सकिन्छ । बिरुवा लगाएको पाँच बर्षको अवधिमा फल्न सुरु गर्ने मरिचले लगातार ३० वर्षसम्म उत्पादन दिने कृषक बास्तोला बताउनुहुन्छ ।

बास्तोलाले सञ्चालन गर्नुभएको अमृतकुन्ज अर्गानिक फार्ममा मरिचलगायत एभोकाडो, मेकाडेनिया नट, किबि, जापानीज हलुवाबेद, सुगन्ध कोकिला, एकपाते सुनाखरी, सिताफल, चेरी, स्थेभिया, आँप, हर्रोबर्रो, रुद्राक्ष, श्रीखण्ड, चिउरी, चौटाजोर, अम्लिय फलसहित करिब ५०० प्रजातिका फलफूल एवम् जडीबुटीका बोट तथा बिरुवा रहेका छन् ।

बेगनास तालको उत्तरपट्टिको भेगमा लगभग ३५ रोपनी जग्गामा रहेको सो फार्मबाट वार्षिक रु तीन लाख आम्दानी हुने बास्तोलाको भनाइ छ । “धान फल्ने जग्गामा अन्य बिरुवा लगाउँदा दुःख लागेको थियो तर अहिले उत्पादन दिन थालेपछि चित्त बुझेको छ,” उहाँले भन्नुभयो ।

बर्सेनि असारदेखि साउनसम्म फूल फूल्ने र वैशाखमा पाक्ने हुँदा मरिचलाई एक पटक रोपेपछि खासै मेहनत गर्नुपर्दैन । व्यापार प्रवद्र्धन केन्द्र ललितपुरका उपनिर्देशक रवीन्द्र दवाडीका अनुसार गत आवमा रु एक अर्ब ४९ करोडको मरिच नेपालमा आयात गरिएको थियो । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार ०७:५२ मा प्रकाशित

Himalayan Life AD
एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

काठमाडौँ । नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम...

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति योजनालाई...

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार...

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन  गृहमन्त्रीको निर्देशन

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई...

बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

त्रिशूली (नुवाकोट) । स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्जन आजदेखि...

दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला ?

दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला ?

काठमाडौँ । पशुपति आर्यघाट परिसरस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि...