back
CTIZAN AD

माझठानामा मरिचखेती

वि.सं.२०७३ मंसिर १५ बुधवार

987 

shares

१५ मङ्सिर,पोखरा। माझठाना गाविस– ६ स्याङ्खुदीका सूर्यमोहन बास्तोलाले व्यावसायिक रुपमा मरिचखेती सुरु गर्नुभएको छ ।

घर छेउमै लगाइएका एक सय बिरुवामध्ये ५० वटाले फल दिन सुरु गरेका छन् । उहाँले यस बर्ष ६० किलो मरिच बिक्री गरेर रु ६० हजार आम्दानी गर्नुभएको छ । च्याखुरी जातको सो मरिचबाट वार्षिक रु पाँच लाख आम्दानी गर्ने बास्तोलाको लक्ष्य छ ।

कृषि उद्यमका लागि जिल्लामा विभिन्न नयाँ÷नयाँ प्रयोग भित्र्याउने दिवङ्गत समाजसेवी सोमनाथ आत्रेयले २०४० सालमा दार्जिलिङबाट पहिलोपटक मरिचको बिरुवा ल्याउनुभएको थियो । फलेदाको बोटमा लगाइएको उक्त मरिचले वार्षिक करिब १५० किलो उत्पादन दिने गरेको उहाँका छोरा छत्रधरले बताउनुभयो ।

लहरेबाली मरिचका लागि बोक्रा खस्रो हुने आँप, कल्कि, चिलाउने, फलेदो, साल, कटुसलगायतका बोटको आवश्यकता पर्छ । फेदमा लगाएको मरिचले फल दिने र रुख हुर्केपछि काठ बिक्री हुने हुँदा दोहोरो फाइदा लिन सकिन्छ । बिरुवा लगाएको पाँच बर्षको अवधिमा फल्न सुरु गर्ने मरिचले लगातार ३० वर्षसम्म उत्पादन दिने कृषक बास्तोला बताउनुहुन्छ ।

बास्तोलाले सञ्चालन गर्नुभएको अमृतकुन्ज अर्गानिक फार्ममा मरिचलगायत एभोकाडो, मेकाडेनिया नट, किबि, जापानीज हलुवाबेद, सुगन्ध कोकिला, एकपाते सुनाखरी, सिताफल, चेरी, स्थेभिया, आँप, हर्रोबर्रो, रुद्राक्ष, श्रीखण्ड, चिउरी, चौटाजोर, अम्लिय फलसहित करिब ५०० प्रजातिका फलफूल एवम् जडीबुटीका बोट तथा बिरुवा रहेका छन् ।

बेगनास तालको उत्तरपट्टिको भेगमा लगभग ३५ रोपनी जग्गामा रहेको सो फार्मबाट वार्षिक रु तीन लाख आम्दानी हुने बास्तोलाको भनाइ छ । “धान फल्ने जग्गामा अन्य बिरुवा लगाउँदा दुःख लागेको थियो तर अहिले उत्पादन दिन थालेपछि चित्त बुझेको छ,” उहाँले भन्नुभयो ।

बर्सेनि असारदेखि साउनसम्म फूल फूल्ने र वैशाखमा पाक्ने हुँदा मरिचलाई एक पटक रोपेपछि खासै मेहनत गर्नुपर्दैन । व्यापार प्रवद्र्धन केन्द्र ललितपुरका उपनिर्देशक रवीन्द्र दवाडीका अनुसार गत आवमा रु एक अर्ब ४९ करोडको मरिच नेपालमा आयात गरिएको थियो । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार ०७:५२ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...