१५ मङ्सिर,बोगोटा । कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सन्तोषले आफ्नो देशमा मङ्गलबार विमान दुर्घटना भई ७१ जनाको मृत्यु भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ
“हामी अत्यन्त मर्माहत छौं, दुर्घटनामा मृत्यु भएकाहरुका आफन्तप्रति गहिरो सहानुभूित छ, हामी तपाईहरुसँगै छौं,” सन्तोषले ट्विटमा लेख्नु भएको छ ।
एलएमआइ २९३३ चार्टर उडानमा कोलम्बियामा भएको साउथ अमेरिकन कपको अन्तिम खेलका लागि गएको ब्राजिलको फुटबल टोलीका खेलाडीहरु रहेका थिए । विमानमा चाकलदलका सदस्यसहित ७७ व्यक्तिको सवार रहेको बताइएको छ ।
दुर्घटनामा परी ७५ व्यक्तिको मृत्यु भएको बताइएपनि अधिकारीहरुले ७१ जनाको मृत्यु भएको मात्रै पुष्टी गरेका छन् । घटनामा कम्तीमा २० जना पत्रकार पनि परेका छन् ।
घटनास्थलबाट अरु ६ जनालाई भने जिवितै उद्धार गरिएको सन्तोषले उल्लेख गर्नु भएको छ ।
खेलको इतिहासमा नै यो भीषण घटना रूपमा लिइएको छ । यसअघि भएका विमान दुर्घटनामा यति घेरै सङ्ख्या खेलाडी मारिएका तथ्याङ्क हालसम्म प्राप्त नभएको छैन् । रासस÷सिन्ह्वा
वि.सं.२०७३ मंसिर १५ बुधवार ०८:०१ मा प्रकाशित