१९ कार्तिक, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सोमबार पदबहाली भएका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयमा हुँदै गरेका गलत कामहरुको अन्त्य आफ्नो कार्यअवधिको अभीष्ट भएको दाबीसहित पदभार ग्रहण गरेका छन्।
आइतबार अपरान्ह पदबहाल हुँदै उनले विश्वविद्यालयमा हुँदै गरेको गलत प्रवृत्तिहरुको अन्त्य गरी विश्वविद्यालयलाई विश्वमा चिनाउने गरी उत्कृष्ट बनाउने काम आफ्नो पहिलो प्राथमिकता भएको बताए ।
‘अब त्रिविमा कुनै पनि किसिमको शाख गिराउने काम सहय हुँदैन, उपकुलपति बाँस्कोटाले भने ,‘अब त्रिविको परीक्षा प्रणाली र त्रिविको सुधारका लागि म रोडम्याप नै बनाएर अघि बढ्न प्राध्यापक, विद्यार्थी तथा सरोकारवालाहरुसँग छलफल गरी अघि बढ्नेछु ।’ मंगलबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ कात्तिक १९ मंगलवार ०८:३० मा प्रकाशित






























