१९ कार्तिक , काठमाडौँ । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ४०० रुपैयाले घटेको हो ।
हिजो सोमबार प्रति तोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज छापावाला सुन प्रतितोला ७० हजार ८ सय रुपैयामा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज तेजावी सुनको मूल्य पनि घटेको छ । सुनको मूल्य घटेसँगै प्रति तोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन ७० हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रति तोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०७६ कात्तिक १९ मंगलवार १३:१५ मा प्रकाशित






























