back
CTIZAN AD

स्याउ किन्न होइन, हेर्न टिकट काट्नुपर्छ, हाम्रै नेपालमा

वि.सं.२०७६ कात्तिक १९ मंगलवार

735 

shares

१८ कात्तिक, काठमाण्डौं । तपाई लाई लाग्ला स्याउ हेर्न पनि टिकट काटुन् पर्छ र त्यो त खरिदका लागि पो हो त् । तर, पाठकबृन्द अब स्याउ हेर्नका लागि पनि टिकट काट्नु पर्ने भएको छ । त्यो पनि हाम्रै नेपालमा । हो, हाम्रै देशको गण्डकी प्रदेशको मनाङस्थित डिस्याङ गाउँपालिका १ भ्राताङस्थित एग्रो मनाङ प्रालिको स्याउ गार्डेनमा यस्तो नियम लागु भएको हो ।

उक्त गार्डेनमा स्याउ हेर्नका लागि आन्तरिक पर्यटकले २ सय र बाहिरी पर्यटकले ४ सय रुपैया तिरेर स्याउ गार्डेन हेर्न पाउँछन् । लम्जुङ बेसी शहरका रवि कायस्थले २ सय रुपैयाँको टिकट काटेर स्याउ बारी हेरेको बताएका छन् । उनले दुई सय रुपैयाँको टिकट काटेर उक्त गार्डेन भिजिट गर्दा रमाइलो लागेको बताएका छन् ।

दक्षिण एसियामै ठूलो दाबी गरिएको उक्त एग्रो कम्पनीले ७ सय ३५ रोपनी जग्गा मध्ये ४ सय ५० रोपनीमा स्याउबारी रहेको पनि सोमबार कान्तिपुर दैनिकमा लम्जुङबाट आस गुरुङले लेखेका छन् ।

उक्त फार्मका म्यानेजर पञ्च गुरुङका अनुसार दिनहुँ आन्तरिक ४० देखि ५० र १० देखि १५ जना सम्म विदेशी पर्यटकले उक्त स्याउ फार्म भिजिट गर्ने गरेका छन् ।

एग्रोका संस्थापक तथा सांसद पोल्देन छोपाङ गुरुङले इटाली र सर्भियामा दुई वर्ष हुर्किसकेको र यहाँ ल्याएप्छि रोपेको ६ महिनाबाट स्याउ उत्पादन भएको बताउँछन् ।

३० करोड लगानी गरेको बताइएको उक्त एग्रो फार्मममा गत वर्ष ३ सय ५० टन स्याउ उत्पादन गरिएको थियो भने यसवर्ष ४ सय ५० टन उत्पादन हुने प्रक्षेपण गरिएको एग्रोका अध्यक्ष समराज गुरुङ बताउँछन् ।

उक्त एग्रोमा स्याउ टिप्नका लागि दैनिक ४५ जना खटिएका छन् भने दैनिक औसत हजार किलोको दरले स्याउ टिप्ने काम भएको छ । उक्त स्याउ राम्रा दाना छनौट गरेर बजार लगिने गरिएको र साना दान जुस र चिप्सका लागि राखिने गरिएको छ । फाइल : फोटो

 

वि.सं.२०७६ कात्तिक १९ मंगलवार १३:२४ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...