back
CTIZAN AD

क्रिकेटः न्यूजील्याण्डद्वारा इङ्ल्याण्ड १४ रनले पराजित

वि.सं.२०७६ कात्तिक १९ मंगलवार

759 

shares

१९ कार्तिक , नेल्सन ।  न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले भ्रमणकारी इङ्ल्याण्डलाई १४ रनले पराजित गरेको छ ।

पाँच खेलको यस शृंखलामा यो जितसँगै न्यूजील्याण्ड २–१ ले अघि भएको छ । न्यूजील्याण्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १८० रन बनाएको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजील्याण्डले कोलिन डी ग्रान्डहोमको व्यक्तिगत ५५, मार्टिन गप्टिलको ३३, रस टेलरको २७ रनको मद्दतले उच्च स्कोर खडा गर्न सफल भएको थियो ।

जितका लागि १८१ रनको लक्ष पछ्याएको इङ्ल्याण्डले राम्रो सुरुआत गरे पनि अन्तिम पाँच विकेट १० रनमै गुमाएको थियो । पन्ध्रौं ओभरमा १३९ रन बनाउँदा दुई विकेट मात्र गुमाएको र राम्रो लयमा रहेको इङ्ल्याण्डको टोली त्यसपछि नाटकीय रुपमा पतन भएको थियो ।

इङ्ल्याण्डका लागि डाविड मलान ९५५० र जेम्स भिन्स ९४९० ले राम्रो आधार तयार गरेका थिए । इङ्ल्याण्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १६६ रन मात्र बनाएको थियो ।हारपछि प्रतिक्रिया दिँदै इङ्ल्याण्ड टोलीका कप्तान इयोन मर्गनले आफ्नो टोलीका नयाँ सदस्यहरुमा अनुभवको कमी देखिएको बताए ।

वि.सं.२०७६ कात्तिक १९ मंगलवार १४:३१ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...