१९ कात्तिक, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल(राजपा नेपाल) ले यहि मंसिर १४ मा हुने विभिन्न तहको उपनिर्वाचनमासमाजवादी पार्टीसँग तालमेल गर्ने निर्णय गरेको छ । मंगलबार बसेको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा केन्द्रीय कार्यालय बबहरमहलमा बसेको बैठकले समाजवादी पार्टीसँग अबिलम्ब बार्ता गरी तालमेल गर्न पहल गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले राजपा नेपालको तदर्थ समिति गठन सम्बन्धि निर्देशिका २०७६ को दफा ६(ग)को संसोधन गरेको छ । उक्त दफाको अन्त्यमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तदर्थ समिति बढीमा ७१ सदस्यीय हुने भन्ने निर्णय थप गर्ने निर्णय गरिएको हो ।
वि.सं.२०७६ कात्तिक १९ मंगलवार १७:३२ मा प्रकाशित






























