back
CTIZAN AD

‘सात समुद्रपारी मजदुरी गरेर घर चलाउनेलाई ब्लाकलिस्टमा राखेर के गर्नुहुन्छ अध्यागमन अधिकृतज्यू ?’

वि.सं.२०७६ कात्तिक १९ मंगलवार

2.5K 

shares

चन्दा थापा( चन्द्रिका) १८ कात्तिक, काठमाण्डौं । बाँके टिकापुरका लोकेन्द्र राना शनिबार युगाण्डाका लागि उड्दै थिए । उनले युगाण्डामा मजदुरी गर्न लागेको झण्डै एकदशक बित्न लाग्यो ।

युगाण्डाको राजधानी कम्पलामा रहेको रुपालिया ग्रुपमा कामगर्ने राना युगाण्डाबाट नेपाल आउने जाने गरिरहन्छन् । कम्तिमा ६ पटक उनी युगाण्डाबाट घर फर्किए र सहज रुपमै कार्यरत देशमा पनि फर्किए । तर, यो पटक भने उनलाई युगाण्डा फर्कन सदाझै सहज भएन ।

दसैं तिहार मनाउन नेपाल आएका राना शनिबार फ्लाइ दुवईबाट युगाण्डाका लागि उड्दै थिए । तल लगेज पास गराएर बोडिङ पास लिएर उनी ९ : १५ मा इमिग्रेशनमा पुगिसकेका थिए । त्यहाँ उनलाई रोकियो । ‘त्यहाँका अधिकृतको नाम थाहा पाउन सकिन, तर, यताबाट जाँदाजाँदै थर्ड काउन्टर हुनुपर्छ उहाँ यस्तै ३०–४० वर्षको हुनुहुन्थ्यो, उहाँले मलाई रोक्नुभयो’ संसारन्युजलाई घटनाबारे सुनाउँदै रानाले भने ।

श्रम स्वीकृतिको स्टीकर, पासपोर्टमा भिसा दुरुस्तै थियो । तर, पनि उनलाई ‘युगाण्डामा त नेपाल सरकारले कामदार पठाउने गरेको छैन, तपाई कसरी जानुभयो ?’ लगायतका प्रश्न गरियो । कम्पनीको आइडी कार्ड पनि मागियो । उनले सबै डकुमेन्ट दिए अनि एनआरएनए युगाण्डाको सदस्य रहेको भनेर त्यो कार्ड पनि दिए । तर, एकछिन पर्खनुस् भन्दै ती अधिकृतले ती डकुमेन्ट लिएर भित्र गए । उता फ्लाइ दुवईले उनको नाम लिँदै प्लेन उड्न लागेको जानकारी दिइरहेको थियो । तर, पनि उनलाई त्यहाँबाट छोडिएन । अन्तिममा प्लेनका स्टाफ आएर भने, ‘ढिला भयो, प्लेनको डोर क्लोज भइसक्यो,’ संसारन्युजसँग सहज रुपमा कर्यरत देशमा फर्कन नपाएको दुखेसो पोख्दै रानाले भने ।

आखिर, तपाईले त श्रम स्वीकृति पनि लिइसक्नु भएको रहेछ, तपाईलाई किन रोकियो ? भन्ने संसारन्युजको प्रश्नमा रानाले भने, ‘खोइ मैले अभद्र व्यवहार गरे रे, मैले एनआरएनएको कार्ड देखाउँदा एनआरएनएलाई त पेल्नुपर्छ, अस्ति पनि हुलदंगा गरेका थिए भनेर भन्नु भयो । मैले उहाँहरुसँग कुनै अभद्र व्यवहार गरेको पनि थिइनँ डिस्कस मात्र भएका थियो । कुनै अभद्र व्यवहार गरेको भए, सिसिटिभी फुटेज हेरे पनि उहाँहरुले थाहा पाउन सक्नुहुन्छ । तर, एनआरएनएको एउटा समूहले गरेको अभद्र व्यवहार समग्र मजदुरलाइ एनआरएनएको नाममा किन पेल्नु भयो, मैले बुझ्न सकिनँ । उहाँहरुले त मलाई ब्लाक लिस्टमा राख्छु पनि भन्नु भयो ।’

रानालाई अभ्रद व्यवहार गरिएको भनेर एक चिठ्ठी थमाइयो अनि भोली कालिकास्थानस्थित अध्यागमन विभाग जान भनियो । त्यहाँबाट उनी निस्किए । प्लेन छुटेको र आफ्नो पैसा खर्च भएको पीडामा रन्थनिएका रानाले अध्यगामन काउन्टरबाट निस्कने बेलामा एकजनासँग डिस्कस गरेका थिए । ‘सायद उहाँ इन्चार्ज हुनुहुन्थ्यो कि, ठम्याउन सकिन, मनमा पीडा भएको थियो । तपाईहरुले गर्दा मेरो फ्लाइट क्यान्सिल भयो भनेको थिए । अलिअलि डिस्कस उहाँसँग पनि भएको थियो ।’ रानाले भने ।


साढे १० बजे रातिको उडान क्यान्सिल भएपछि राना बाहिर आए । भान्जालाई फोन गरेर १ बजे घरमा पुगे ।
बिहाँन अफिस टाइममै विमानस्थल अध्यागमनले दिएको पत्र बोकेर उनी कालिकास्थान स्थित अध्यागमन विभागको कार्यालयमा पुगे । त्यहाँ पुगेपछि उनले चिठ्ठी दिए । चिठ्ठी बुझेपछि उनलाई भनियो, ‘हाकिम साव दुईबजे आउनुहुन्छ, तपाई दुई बजे आउनुहोस् ।’ उनी त्यहाँबाट खाना खान निस्किएर फेरि दुई बजे नै त्यहाँ पुगे ।

त्यहाँ हिजो पछिल्लोपटक विवाद भएका व्यक्ति त्यहि विभागमै आएका थिए । रानालाई पासपोर्ट लिनका लागि एक एक्स्क्युज लेटर लेख्न भनियो । ‘यता टिकट घाटा लाग्यो, कम्पनीमा भनेको समयमा हाजिर हुन पाइएन, ‘मजुबुरीका नाम महात्मा गान्धी भनेजस्तै मैले पनि ‘म बाट गल्ति भयो’ भनेर चिठी लेखेर माफी मागेपछि मात्र पासपोर्ट दिइयो । जानेबेलामा एकपटक हाकिम सावलाई भेट्छु भनेर गए । त्यहाँ पनि सोधे, सर, मैले त्यस्तो के अभद्र व्यवहार गरे, कारण पाउँ भने । मेरो टिकट कस्ले बेर्होछ ? भनेर सोधे, तर ‘त्यो तपाई आफैले बेर्होनु पर्छ भन्नु भयो उहाँले, फेरि सोधे, के कारणले मलाई यस्तो व्यवहार भयो भन्दा, ‘अझै पनि तिमीलाई ब्लाक लिस्टमा राख्छु’ भन्नु भयो, अनि त्यहाँ रहेका सुरक्षाकर्मीले जानुस् दाइ, बाहिर जानुस् भनेपछि म निस्किएको हुँ ।’

आफूलाई दुख दिने अध्यगामन अधिकृतलाई कारबाहीको माग गर्दै राना भन्छन्, ‘मैले अभद्र व्यवहार तथा अपशब्द बोलेको रहेछु भने सिसि टिभी फुटेजमा हेरियोस् । तर, अनाहकमा म जस्तो मजदूर जसले सात समुद्र पारी मजदुरी गरेर घर चलाउँछु, त्यस्तो मजदुरलाई ब्लाक लिस्टमा राखेर के गर्नुहुन्छ अध्यागमन अधिकृतज्यू ? यसमा सम्बन्धीत निकायको ध्यान जावोस् ।’ उनले संसारन्युजसँग भने ।

यसै विषयमा अध्यागमन विभाग कालिकास्थानका महानिर्देशक इश्वर पौडेलसँग संसारन्युजले कुरा गर्दा त्यस्ता देशलाई हाइली स्क्रिनिङ गर्ने भएको हुँदा राना त्यसमा परेको बताएका छन् । पौडेलसँग रानाले त्यस्तो के अभद्र व्यवहार गरेका थिए र ? भन्ने संसारन्युजको प्रश्नमा उनले भने, ‘दिनमा १५ हजार मानिस आवत जावत गर्छन, विमानस्थलमा । त्यहाँ केही भएर नै उहाँलाई यस्तो पत्र काटियो होला ! अभद्र व्यवहार गरिनँ भनेर आफ्नो बचाउ सबैले गर्छन्, तर, दियर इज समथिङ’ आफ्नो बचाउ गर्नु स्वभाविक हो ।’  इमिग्रेशन पोलिसी परिवर्तन भइरहने जानकारी दिदै पौडेलले भने, ‘राना पनि त्यहि पोलिसीका कारण हाइली स्क्रिनिङमा परेको हुन सक्छ ।’

रानामाथि भएको उक्त घटनालाई लिएर नाइजेरियामा कार्यरत एनआरएनएका निर्वतमान कोषाध्यक्ष हिक्मत थापाले सामाजिक संजालमार्फत् भनेका छन्, ‘बिगत नौ बर्ष देखि युगान्डामा कार्यरत लोकेन्द्र रानालाई हिजो छुट्टिबाट फर्कदै गर्दा बैध पासपोर्ट, भिसा र श्रम स्वीकृत हुँदाहुदै पनि काठमाडौं एयरर्पोटस्थित अध्यागमनका अधिकारीहरुले सोधपुछको नाममा पर्खाउदै फ्लाइट नै छुटाइ दिए रैछन । यसबारे जानकारी माग्दा बढी बोल्ने भन्दै पासपोर्ट नै राखी दिएछन् । श्रमिक नेपालीलाई निरन्तर गरिने यो हेपाहा प्रबृत्ति हाम्रा रास्ट्रसेवकको कहिलेसम्म रहला ? सम्बन्धित निकायको ध्यान जाला कि ?’

यसै विषयलाई लिएर एनआरएनए युगाण्डाका पूर्वअध्यक्ष रमेश कंडेलले पनि आपत्ति जनाएका छन् । उनले सामाजि संजाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,
‘युगान्डाबाट छुट्टी गएका लोकेन्द्र राना संग युगान्डाको काम गर्ने भिसा लगभग ३ बर्षकै छ । नेपाल सरकार बाट श्रम अनुमती स्वीकृत पनि छ । उनी ९ बर्ष देखि युगान्डा खाइसकेका मान्छे हुन् । तर नेपाल अध्यागमनमा युगान्डा नेपाल सरकार बाट श्रमका लागि मान्यता दिइएको देश होइन । जान मिल्दैन भनेर अनेक दुख दिइन्छ । अन्ततः उनको फ्लाइट छुट्छ र उनी आबेशमा अधिकृत संग झर्किन्छन । अनि अध्यागमनले पासपोर्ट जफ्त गर्छ र सिफारिस स्वरुप कालिकास्थान स्थित अध्यागमन बिभागलाइ चिठी लेख्छ तपसिल बमोजिमको मान्छेले अपशब्द, अभद्र व्यबहार गरेकोले आवश्यक कार्बाही गरि पाउ । अनि अर्को दिन अध्यागमन बिभागमा बोलाइन्छ…………’

वि.सं.२०७६ कात्तिक १९ मंगलवार १७:२४ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...