back
CTIZAN AD

बच्चाहरुलाई के खाजा हालेर स्कूल पठाउने ?

वि.सं.२०७६ कात्तिक १९ मंगलवार

2K 

shares

विहान बच्चाहरुलाई के खाजा दिएर पठाउने अभिभावकलाई सबैभन्दा झन्झटिलो हुन्छ । त्यसैले पनि धेरै अभिभावक पैसा दिएर पठाउने वा विस्कुट, चाउचाउ जस्ता ड्राइफुड खाजाको रुपमा राख्ने गर्दछन् । शिक्षाविद् मनप्रसाद वाग्लेले बच्चाहरुलाई घरमा बनाएका खाजा खुवाउनु पर्ने सल्लाह दिन्छन् । घरबाट खाजा कस्ता खाजा पठाउने, कस्ता खाजा नखुवाउने भन्ने बारे शिक्षाविद् वाग्लेले समाजिक सञ्जाल फेसबुकमार्फत यस्तो सल्लाह दिएका छन् । उनले लेखेका छन् :
१) घरमै बनाएको खाजा दिने बानी बसालौं ।
२) भुटेको मकै, भटमास, गहुँ जस्ता अन्न स्वास्थ्यको लागि पोषणयुक्त हुन्छ ।
३) बजारको तयारी खाजा स्वास्थ्यको लागि हानिकारक हुन्छ जस्तो चाउचाउ, समोशा आदि ।
४) मैदाबाट बनेका खाजा सकेसम्म नखुवाउनु बेश हुन्छ ।
५) दाँत र गिजालाई अभ्यास हुने खाजा अर्थात मज्जाले चपाउने खाजा राम्रो हुन्छ जस्तो मकै, भटमास, बदाम आदि ।
६) बिस्कुट स्वास्थ्यका हिसावले ठिक देखिए पनि फाइबर बढी भएको छान्न सक्नु पर्दछ ।
७) बजारमा सानो सानो हटकेस पाइन्छन, घरमै रोटी तरकारी बनाएर पठाउन सके एकदम राम्रो अथवा भात,जाउलो, खीर पनि उचित हुन्छ हटकेस नहुँदा भने पकाएको कुरा दिउँसो सम्म त्यति स्वस्थकर हुँदैन ।
८) चिउरा राम्रो खाजा हुन सक्छस घ्यू र चिनी मिसाईदिने हो भने मिठो पनि हुन्छ ।
९) फलफुल खाजाको लागि उत्तम विकल्प हो र सामान्य खाजाको साथमा जे भए पनि यौटा फलफुल खुवाउन सके स्वास्थ्यका लागि धेरै हितकर हुनेछ  ।
१०)रियल, एप्पी, फ्रुटी, वा सोडाबाट बनेका कोक, पेप्सी जस्ता पेय पदार्थबाट बालबच्चालाई टाढा राखौं र बालस्वास्थ्यका दृष्टिकोणले शुद्ध पिउने पानी पठाउने व्यवस्था गरौँ  ।

वि.सं.२०७६ कात्तिक १९ मंगलवार १७:०४ मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...