back
CTIZAN AD

क्यान्सरपीडितलाई वडाध्यक्षको सहयोग

वि.सं.२०७६ कात्तिक २१ बिहीवार

960 

shares

२१ गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगपालिका – ६ घनचक्रेका रक्तक्यान्सरपीडित राजन कार्कीलाई जिल्लाकै रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खवीन्द्र रासकोटीले उपचारको लागि रु एक लाख ८१ आर्थिक सहयोग गरेका छन ।

जग्गासमेत नभएर ऐलानी जग्गामा बस्दै आएका आर्थिक विपन्नता भएका ४४ वर्षीय कार्कीलाई रक्तक्यान्सर भएपछि उपचारको लागि रु दश लाखसम्म खर्च लाग्ने सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालका चिकित्सक तथा प्रतिनिधिले बताएपछि कार्की र कार्कीका आफन्तहरुले उपचारको लागि खर्च जुटाउन थालेको कार्कीले बताए ।
यसै क्रममा रौतामाई गाउँपालिका– २ का वडाध्यक्ष रासकोटीले आफ्नो तर्फबाट कार्कीको उपचारको लागि रु एक लाख ८१ सहयोग गरेको क्यान्सरपीडित कार्कीले बताए । अध्यक्ष रासकोटीकाअनुसार कोही पनि गरिबीको कारण उपचारको अभावमा मर्न नपरोस् भनेर आफूले आफ्नो तर्फबाट केही आर्थिक सहयोग सङ्कलन गरेर राजन कार्कीको उपचारका लागि सहयोग गरेको बताए ।

सबै धनी गरीब जो सुकै भए पनि मिलेर बाँच्नुपर्छ र एकले अर्कालाई बचाउनु आपतविपत पर्दा सहयोग गर्नु हामी नेपालीको संस्कार भएको कारण आफूले पनि कार्कीको उपचारको लागि सानो रकम सहयोग गरेको अध्यक्ष रासकोटीको भनाइ छ ।
केही दिनभित्रै कार्कीको सुनसरीस्थित बिपी मेमोरियल अस्पतालमा उपचारको तयारी भइरहेको कार्कीले बताएका छन् । (रासस)

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १३:३७ मा प्रकाशित

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...