back
CTIZAN AD

तीन दल संसद्को म्याद थप्ने षड्यन्त्रमा लागेको नेता त्रिपाठीको आरोप

वि.सं.२०७३ मंसिर १६ बिहीवार

1K 

shares

१६ मङ्सिर, पर्सा । तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले व्यवस्थापिका–संसद्को एक वर्ष म्याद थप्ने षड्यन्त्रमा तीन दल लागेको आरोप लगाउनुभएको छ ।

सो पार्टी पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकमा असहज परिस्थिति सिर्जना गरी वा गराई निर्वाचनलाई पछि सार्दै संसद्को एक वर्ष म्याद थप्ने विषयमा शीर्ष तीन दलका नेताबीच सहमति भइसकेको आरोप लगाउनुभयो ।

नेता त्रिपाठीले सरकारले ल्याएको चार बुँदे संशोधन प्रस्तावलाई परिमार्जित गर्न आवश्यक रहेको बताउँदै सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्ताव विगतमा काँग्रेस र एमालेले नै तयार पारेको प्रस्ताव रहेको दाबी गर्नुभयो ।

आफैँले तयार पारेको प्रस्तावलाई एमालेका नेताहरुले राष्ट्रघाती देख्नु मधेसवादी दललाई आश्चर्यमा पारेको बताउँदै उहाँले भन्नुभयो – वर्तमान संविधानलाई टेकी निर्वाचन आयोगले चुनाव गराउन सकिदैन् ।

नेता त्रिपाठीले निर्वाचन आयोगका अधिकारीले संविधानमा कानुनी जटिलता रहेकाले वर्तमान अवस्थामा निर्वाचन गराउन नसकिने सार्वजनिक रुपमै अभिव्यक्ति व्यक्त गरेकाले निर्वाचन हुने सम्भावना न्यून रहेको धारणा व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले वर्तमान संविधानको ८३ वटा धारमा संशोधनको आवश्यक्ता रहेको बताउँदै ती ८३ वटै धारालाई संशोधन गरेपछि मात्र संविधान सर्वस्वीकार्य बनाउन सकिन्छ भन्नुभयो । रासस ९तस्बिर उपलब्ध छ०

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०७:५९ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...