back
CTIZAN AD

म हयातको एनआरएन होईन हजुर !

वि.सं.२०७६ कात्तिक २३ शनिवार

774 

shares

गत अक्टोबर 15-17  तारिखसम्म हयात होटलमा नवौं एनआरएन विश्व सम्मेलन र नवौं अन्तर्राष्ट्रिय महाधिवेशन भएको थियो । निर्धारित समयमा कार्यक्रम सम्पन्न गर्न सकिएन र निर्धारित महत्वपुर्ण सत्रहरु पनि रद्ध गरिएको थियो । निर्वाचन कार्यक्रम पनि अनेक अन्योलका बिच 16 तारिखमा तय भएको मतदान प्रकृया 17 तारिखका दिन वैद्युतिय मतदानलाई छोडेर मतपत्र मार्फत सम्पन्न गर्नु परेको थियो ।

विश्व सम्मेलन भन्दा धेरै प्रतिनिधिहरु निर्वाचन प्रती केन्द्रित भएको जस्तो प्रष्ट देखिन्थ्यो । चित्त बुझे पनि नबुझे पनि मतदान त गर्नु पर्यो भनेर 17 तारिख बिहान हयात होटल परिसर पुगे । त्यहाँ केही साथिहरु मतदानको लाईनमा बसि सक्नु भएको देखेर म पनि सिधै लाईनमा बसे । त्यही मतदानको लाईनमा बस्दा देखिएका केही दृश्यहरु मैले मोबाईलमा कैद गरें जुन यहाँ पोष्ट गरेको छु । नारा जुलुस एकातिर थियो भने पानी पिइसके पछि खाली बोतल फुलहरु भएकै ठाउँमा छरपस्ट फालिएका थिए । त्यस्तै गरेर उमेदवार र तिनका प्रतिनिधिहरुले लाईनमा बाडेका पोष्टर र कार्डहरु पनि त्यसरी नै छरपस्ट फालिएका थिए ।

केही समय पछि जर्मन एनसीसीका पुर्व अध्यक्ष (जो यूरोप उपसंयोजक पदको उमेदवार हुनु हुन्थ्यो) नवराज रोस्याराज्यु होटल कै एक सफाई कर्मचारिको साथमा त्यहाँ छरपस्ट फालिएका पानीका बोतल लगायत फोहोर उठाउदै आउनु भयो र केही मात्रमा भए पनि सभ्य एनआरएनको परिचय देख्न पाईयो । एक जना साथिले त कसैको वास्ता नगरी चुरोटको धुंवा त्यसै लाईनमा उडाउदै थिए । त्यो बिहान पख तर घामले पोलेको अवस्थामा चुरोटको धुंवाले अरुलाई कस्तो असर पार्छ भन्ने मतलब ती साथिलाई थिएन । मेरो अघि पछि उभिनु भएका साथिहरु प्राय बिकसित र सभ्य भनिएका मुलुकबाट प्रतिनिधित्व गर्नु हुदो रहेछ । भित्र मतदान गर्ने ठाउँमा पुगे पछि पो थाहा भयो लाईनमा चुरोटको धुंवा उडाउने साथी मध्यपुर्वबाट नै प्रतिनिधित्व गर्नु हुदो रहेछ । भन्न मन लाग्यो म हयातको एनआरएन होईन हजुर !

 

वि.सं.२०७६ कात्तिक २३ शनिवार १९:२१ मा प्रकाशित

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...