back
CTIZAN AD

तपाई लामो समयसम्म कम्प्युटरमा काम गर्नुहुन्छ ? त्यसो भए यसो गर्नुस्

वि.सं.२०७६ कात्तिक २४ आइतवार

930 

shares

२४ कार्तिक , काठमाडौँ । लामो समयसम्म कम्प्युटर, मोबाइल, डिजिटल स्क्रिनलगायत प्रविधिहरुको प्रयोग गर्दा आँखामा आउने समस्या नै कम्प्यृटर भिजन सिन्ड्रोम हो । कम्प्युटर , मोबाइलको उच्च प्रयोगका कारण अधिकांशमा यस्तो समस्या देखिने गरेको छ । नियमित स्क्रिनको काम गर्दा सुरुमा सामान्य समस्या देखिए पनि पछि गएर दृष्टिमा जटिल खालका समस्या निम्तिन सक्छ ।
यसका लक्षणहरु

-आँखा र टाउको दुख्ने गर्छ । बिस्तारै दृष्टिमा धमिलोपना आउन सक्छ ।

-आँखा पोल्ने र सुख्खा हुने । बटारिने हुन्छ । आँखा चिलाउने गर्छ ।

-लामो समयपछि घाँटी वा कुम दुख्ने समस्या हुन्छ । त्यस्तै , गर्दन र वरपरको मासंपेशीमा समस्या देखिन थाल्छ ।
धेरैबेर कम्प्युटरमा काम गरिसकेपछि आँखाबाट आँशु आउने हुन्छ ।

-कामको समयमा थकान महसुु हुन थाल्छ । पछि गएर कामप्रति झर्काे लाग्ने र तनाव बढ्ने समस्या देखिन्छ ।

के कारणले हुने गर्छ

-कम्प्युटर वा मोबाइल चलाउने कोठामा प्रकाश नमिल्नु , कम्प्युटर भिजन सिन्ड्रोमको मुख्य कारण हो । बाहिरी स्रोतबाट आउने प्रकााश सीधै स्क्रिनमा परेमा उक्त प्रबाश परिपर्तन भई आँखामा पर्ने हुन्छ । त्यस्तै, कम्प्युटर स्क्रिनमा कुनै वस्तु टल्किएमा वा चम्किएमा दृष्टिमा असर पर्छ ।

-कम्प्युटर र आँखाको दूरी नमिलेमा पनि भिजन सिन्ड्रोम हुन्छ भने बसाइ व्यवस्थापन नहुनुले पनि दृष्टिमा असर गरिरहेको हुन्छ ।

-स्क्रिनमा लामोसमयसम्म पढिरहनु र डिस्प्ले, रिजुलोसन, अक्षर, फन्टको आकार , कलरको कन्ट्रास्ट अस्वाभाविक रुपले चर्काे तथा मधुरो हुँदा पनि समस्या देख्निछ ।

समाधानका उपायहरु
-कम्प्युटरको स्क्रिन आँखाको लेभलभन्दा १५ देखि २५ डिग्री तल र कम्तीमा २५ इन्च पर हुनुपर्छ । कम्प्युटरको माथिल्लो भाग तल्लो भागभन्दा ३० डिग्री झुकेको हुनुपर्छ ।

-प्रकाशको व्यवस्थापन गर्नुपर्छ । अन्य स्रोतबाट आउने प्रकाश सीधै स्क्रिनमा पर्न दिनुहुँदैन । बाहिरको प्रकाश भित्र आउन नदिन झ्यामा पर्दा लगाउनुपर्छ ।

-सकभर कम्प्युटरमा काम गर्दा एन्टिग्लेयर चस्माको प्रयोग गर्नुपर्छ

-काम गर्दा नियमित आराम लिनुपर्छ । लगातार काम गर्नुपर्दा प्रत्येक २० मिनेटको अन्तरमा २० सेकेन्ड आराम लिई २० फिट टाढाको वस्तु हर्ने गर्नुपर्छ ।

-लामोसमयसम्म स्क्रिनमा एकोहोरो हेरिरहँदा आँखा झिम्कने दरमा एकाएक कमी आउँछ जसले गर्दा सुक्खापन आउने हुन्छ । त्यसैले कम्प्युटरबाट ध्यान हटाई आँखा वेला वेलामा झिम्क्याउनुपर्छ ।

-नियमित आँखा जाँच, सही हेराइको बानी, चस्माको प्रयोग र विशेषज्ञसँगको परीक्षण र परामर्शबाट कम्प्युटर भिजन सिन्ड्रोम कम वा निवारण गर्न सकिन्छ । आइतबारको नयाँ पत्रिकाबाट

वि.सं.२०७६ कात्तिक २४ आइतवार १०:१४ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...