back
CTIZAN AD

विदेशबाट घर आउँदै हुनुहुन्छ ? पुन : श्रम स्वीकृतिका लागि यी कागजात अवस्य ल्याउनुहोला

वि.सं.२०७६ कात्तिक २४ आइतवार

1.9K 

shares

२४ कात्तिक, काठमाण्डौं । वैदेशिक रोजगार विभागले विभिन्न देशमा कार्यरत नेपाली कामदारहरुले घर विदामा आउँदा निम्न कागजात लिएर आउनुपर्ने सूचना जारी गरेको छ ।

विभागका अनुसार वैदेशिक रोजगारबाट घर विदामा आएका कामदारहरुको प्रवेशाज्ञा, करारपत्र तथा बैदेशिक रोजगार विभाग अन्तर्गतका कार्यालयबाट जारी श्रम स्वीकृति सम्बन्धी कागजातहरुमा पेशा लगायतका विवरणहरु फरक पर्दा पुन ः श्रमस्वीकृति दिन समस्या परेकोले उक्त सूचना जारी गरेको जनाएको छ ।

विभागले विदेशस्थित नेपाली दूतावास लगायतका संघसंस्थाका लागि उक्त सूचना जारी गर्दै घर विदामा आउने कामदारले आफू कार्यरत कम्पनीमा पुगे पश्चात तुरुन्तै आफ्नो प्रवेशाज्ञा तथा करारपत्रको पेशा सम्बन्धी विवरणमा आफ्नो वास्तविक पेशा अनुरुप नै हुने व्यवस्था मिलाइने पनि विभागले जनाएको छ ।

विभागका अनुसार कामदारले We guarantee that actual profession of mr.mrs… will be updated immediately upon arrival  and that company  will manage all necessary  management to reflect the real profession in his/her visa document and contract paper.) भन्ने व्यहोराको पत्र कामदारको कम्पनीको आधिकारीक लेटरप्याड तथा कम्पनीकै आधिकारीक इमेलबाट वैदेशिक रोजगार विभागको कार्यालय तहाँचलको इमेल ठेगाना dofe_kath@dofe.gov.np मा पठाएर श्रम स्वीकृति लिन सकिने विभागले जनाएको छ ।

विभागको २०७६-७-२२) को निर्णय अनुसार विदेशस्थित नेपाली दूतावास लगायत गैरआवासीय नेपाली संघ संस्थाहरुमार्फत् कामदारहरुमा उक्त सूचना सम्प्रेषण गर्न समेत अनुरोध गरेको छ ।

 

वि.सं.२०७६ कात्तिक २४ आइतवार १०:५४ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...