२४ कात्तिक, काठमाडौँ । क्विन बचत तथा ऋण सहकारी संस्था लिमीटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।
चावहिल स्थित उक्त संस्थाले प्रमुख अधिकृतमा १, एकाउन्टेन्टमा १, बजार अधिकृतमा २, सहायक बजार अधिकृतमा २, सहायक कर्जा अधिकृतमा २, बजार प्रतिनिधिमा १० र मेसेन्जर/हेल्परमा १ जना कर्मचारीहरुको आवश्यका रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो बायोडाटा सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।
थप जानकारीका लागि फोन नं. ४२५८६०३, ४२५८६०४ तथा इमेल info@queensaving.com मा सम्पर्क गर्न सकिने सूचना दिएको छ ।
यसैबिच सुविधानगर बहुद्देश्यिय सहकारी संस्था लिमीटेडले पनि एसइइ वा सो सरहको योग्यता भएका बजार प्रतिनिधिमा ५ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
विस्तृत जानकारीका लागि फोनः नं. ०१– ४१०७०८३, ४१०७०९३ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
त्यसैगरि न्यूरोड स्थित एक प्रतिष्ठित सहकारी संस्था लिमीटेडले पनि बजार प्रतिनिधीमा १६, क्यासियरमा २, लेखापालमा २ र लोन अफिसरमा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार इच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा र पिपी साइजको १ प्रति फोटो सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र कार्यालयमा पेश गर्नुपर्ने सूचना दिएको छ ।
थप जानकारीका लागि फोनः नं. ०१–४२१२२२६, ४२७१००५ तथा ईमेलः hr.khushisaving@gmail.com मा सम्पर्क गर्न सकिने जनाएको छ ।
वि.सं.२०७६ कात्तिक २४ आइतवार १०:५८ मा प्रकाशित



























