back
CTIZAN AD

केवल बेरियरले दुई ट्रक जोगायो

वि.सं.२०७६ कात्तिक २४ आइतवार

804 

shares

२४ कार्तिक, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको पाँच किलो र मुग्लिन नजिकै चिनीयाँ सहयोगमा सडक सुरक्षाका लागि परीक्षणका रुपमा जडान गरिएको केवल बेरियरले दुई मालबाहक ट्रक जोगाएको छ ।

चिनीयाँ सरकारले निःशुल्करुपमा उपलव्ध गराएको ५०० मिटर केवल पर्यटन व्यवसायी मिङ्मा दोर्जे लामाले भन्सार, ढुवानी र जडान गरिदिएका थिए । सो सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार परीक्षणका रुपमा २०७५ साउनमा पाँच किलोमा ३०० मिटर र मुग्लिन नजिकै २०० मिटर केवल बेरियर लगाइएको छ । पाँच किलोमा गत माघमा ३५ टन भार भएको नेपाली ट्रक ठोक्किएर नदीमा खस्नबाट बचेको थियो ।

दुईदिन अघि सोही हाराहारी भार बोकेको भारतीय ट्रक मुग्लिन नजिकै केवलमा ठोक्किएर नदीमा खस्नबाट रोकिएको खनालले बताए । भारवाहन ट्रकको तुलनामा यात्रुबाहक बसको भार कम हुने भएकाले केवल प्रभावकारी देखिएको उनले जानकारी दिए । नेपालका यस्ता सडकमा यो केवलले दुर्घटनाबाट जोगाउन सक्ने देखिएको खनालको भनाइ थियो ।

सुरक्षित देखिएपछि नेपालका अन्य यस्ता सडकमा पनि केवल प्रस्ताव गरिएको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा बार कम्जोर हुँदा वर्षेनी धेरै सङ्ख्यामा सवारी साधन त्रिशूलीमा खस्ने गरेका छन् । सो सडकको विस्तारका क्रममा परीक्षणका रुपमा केवल जडान गरिएको हो । सो केवलबाट प्रभावित भएर पर्यटन व्यवसायी शेर्पाले करिव रु १५ लाख सहयोग गर्नुभएको थियो । एक मिटर अग्लो पोष्टमा पाँच लाइन केवल तन्काएर जडान गरिएको छ । साना सवारीसाधन ठोक्किएको अवस्थामा सो सवारीसाधन भने पछाडि धकेलिने छन् । (रासस)

वि.सं.२०७६ कात्तिक २४ आइतवार १४:५६ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...