back
CTIZAN AD

पर्यटन वर्ष २०२० पूर्वसन्ध्यामा चन्द्रागिरीमा डाउन सिन्ड्रोम बालबालिका

वि.सं.२०७६ कात्तिक २४ आइतवार

909 

shares

२४ कार्तिक, काठमाडौँ, । पर्यटन वर्ष २०२० को पूर्वसध्यामा धार्मिक तथा पर्यटकीय क्षेत्र चन्द्रागिरीको अनुवान्सिक अवस्था डाउन सिण्ड्रोम भएका शारीरिक रुपमा अशक्त ३५ जना बालबालिकाहरु भ्रमण गरेका छन् ।

नेपाल डाउन सिन्ड्रोम संघको आयोजना तथा चिन्द्रागिरी हिल्स प्रा.लि.को सहकार्यमा ती बालबालिकालाई चन्द्रागिरी केवलकारमार्फत भालेश्वर मन्दिरको दर्शन तथा दृश्यावलोकन गरेका हुन् । सो अवसरमा बालबालिकासहित उनीहरुका अभिभावकहरु, डाउन सिण्ड्रोम संघका अध्यक्ष डा. ललिता जोशी, महासचिव रोशन प्रधानाङ्ग लगायतको सहभागिता रहेको थियो ।

अनुवान्सिक अवस्था डाउन सिण्ड्रोम भएका शारीरिक रुपमा अशक्त बालबालिकाहरुलाई चन्द्रागिरी हिल्सको दृश्यावलोकन गराई मनोरञ्जन प्रदान गर्दै उनीहरुलाई थप हौसला र आत्मबल प्रदान गर्ने उद्देश्यका साथ भ्रमण कार्यक्रम आयोजना गरिएको डाउन सिण्ड्रोम संघका अध्यक्ष डा. ललिता जोशीले बताइन ।

के हो डाउन सिन्ड्रोम ?
डाउन सिन्ड्रोम रोग नभई अवस्था हो । डाउन सिन्ड्रोम भएका बालबालिकामा क्रोमोजोम बढी हुन्छ । चिकित्सकका अनुसार मानव शरीरमा ४६ वटा क्रोमोजोम हुन्छन् । डाउन सिन्ड्रोम भएका बच्चामा ४७ वटा क्रोमोजोम हुन्छन् । नेपालमा वार्षिक १ हजार ३३ डाउन सिन्ड्रोम अवस्थाका बालबालिकाको जन्म हुने गरेको छ ।

डाउन सिन्ड्रोमको अवस्था अनुहारको विशेष लक्षण र शारीरिक एवं बौद्धिक कमजोरीबाट पहिचान हुन्छ भने रगतको जाँचबाट यसलाई पुष्टि गर्न सकिने डाउन सिन्ड्रोम संघकी अध्यक्ष डा. ललिता जोशीले बताइन् ।

वि.सं.२०७६ कात्तिक २४ आइतवार १४:५५ मा प्रकाशित

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१...

 विश्वकप क्रिकेटका लागि नेपालको सशक्त दाबेदारी

 विश्वकप क्रिकेटका लागि नेपालको सशक्त दाबेदारी

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले ‘टि ट्वाण्टी’ विश्वकपमा...

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ...