back
CTIZAN AD

आठ मन्त्रीसहित प्रदेश मुख्यमन्त्री र मन्त्री समेत फेर्ने तयारीमा प्रधानमन्त्री

वि.सं.२०७६ कात्तिक २५ सोमवार

768 

shares

२५ कात्तिक, काठमाण्डौं । मन्त्रिपरिषद् पुर्नगठनको विषयमा नेकपामा सघन छलफल सुरु भएको छ । जसमा आठ मन्त्री र प्रदेश मुख्यमन्त्री र मन्त्रीहरु समेत फेरिने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बीच आइतबार यसबारेमा गम्भीर छलफल भएको बताइएको छ ।

स्रोतका अनुसार कम्तीमा आठ मन्त्री फेर्ने तयारीमा सरकार रहेको छ । शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजिनामा गराएर मन्त्री बनाउन दुवै अध्यक्ष तयार भएको बताइएको छ । ओलीले प्रदेशका मुख्यमन्त्री र मन्त्री फेरबदलको संकेत समेत गरेको स्रोतले बताएको आइतबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

सरकारलाई नयाँ शिराबाट अगाडि बढाउने चाहना ओलीले सुनाएका थिए । सरकारलाई नयाँ गति दिन पनि मन्त्री हेरफेरको समय आएको र त्यसको तयारीमा आफू रहेको उनको भनाई थियो ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसँग गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए । उनीहरुबीच झण्डै तीनघण्टा छलफल चलेको थियो ।

वि.सं.२०७६ कात्तिक २५ सोमवार ०८:४८ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी...

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...