२५ कात्तिक, काठमाडौँ । पार्टी एकतालाई अन्तीम स्वरूप दिने उदेश्य सहित सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चालु बैठकले पार्टीका ३ आयोग र सल्लाहकार परिषदको नेतृत्व चयन गर्ने बताइएको छ ।
पार्टी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केहि दिन अघीनै २५ गते एकता प्रक्रियालाई वीट मार्ने बताएका थिए । पार्टी श्रोतका अनुसार अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्षहरुको टुङ्गो सचिवालय बैठकले लगाउने छ ।
बैठकमा अनुशासन आयोगमा अमृत बोहोराको नाम मात्रै आएको बताइएको छ । यस अघिपनि सोही आयोग चलाएका बोहोरा नेकपाका पाका नेता हुन् । आजको बैठकले पार्टी सल्लाहकार समिती र जेष्ठ नागरिक मञ्चको नेतृत्वको टुङ्गो लगाउने जनाइएको छ ।
वि.सं.२०७६ कात्तिक २५ सोमवार ११:०८ मा प्रकाशित






























