back
CTIZAN AD

विभिन्न निर्णय गर्दै अनेसास जापानको छैठौं बैठक सम्पन्न

वि.सं.२०७६ कात्तिक २५ सोमवार

660 

shares

२५ कात्तिक, जापान । अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज(अनेसास) जापानको छैठौँ कार्यसमितिको वैठक आइतबार टोकियोमा सम्पन्न भएको छ ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाप्रति श्रद्धा सुमन अर्पण गरी शुरु भएको उक्त वैठकमा जापान भ्रमणमा रहेका अनेसास अष्ट्रेलिया (पार्थ) च्याप्टर अध्यक्ष निरज क्षेत्रीलाई सम्मान गरिएको थियो ।

वैठकले अनेसास जापानको आगामी ११ औँ अधिवेशन आउँदो डिसेम्वर १ तारिकमा टोकियोमा गर्ने र अनेसासको तेस्रो अन्तराष्ट्रिय च्याप्टर सम्मेलन २०२० जनवरी १०,११ र १२ मा गर्ने निर्णय गरेको आर्थिक संयोजक तथा समितीका उपाध्यक्ष श्रवण सत्यालले बताए । साथै अनेसास जापान च्याप्टरको ११औँ अधिवेशनलाई साहित्य समाज भित्रको उदाहरणिय र सौहार्दपूर्ण बातावरणमा सम्पन्न गर्न अनेसास जापानका संरक्षक बेलुकाजी थापाको संयोजकत्वमा पूर्व अध्यक्षहरु रहेको निर्वाचन कमिटीको समेत गठन गरिएको बताइएको छ ।

साथै बिश्वभरबाट नेपाली साहित्यकारहरुको बाक्लो उपस्थिती रहने अनेसासको तेस्रो सम्मेलनमा उपस्थित हुन सम्पूर्ण आजिवन सदस्यहरुका साथै साहित्य प्रेमी महानुभावहरूलाई अनुरोध सहितको जानकारी गराउने साहित्य समाज जापानका अध्यक्ष दीप पाठकले जानकारी दिएका छन् ।

वि.सं.२०७६ कात्तिक २५ सोमवार ११:१२ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...