२५ कार्तिक,दोहा । कतार नेपाली एकता समाजद्वारा अमृत आचार्यलाई आर्थिक सहयोग प्रद्धान गरेको छ ।
समाजले जनताका गायक जीवन शर्माको छोरा अमृत आचार्यको उपचारको लागी कतारमा चलाएको आर्थिक अभियानबाट संकलन भएको १ लाख ५६ हजार १ सय ४६ रूपैयाँ कतारको हिमालय बैंक मार्फत पठाएको कतार समाजका वर्तमान अध्यक्ष हेमन्त वाइवाले बताएका छन् ।
यस अभियानमा सहयोग गर्ने सम्पूर्णमा समाजले धन्यवाद व्यक्त गरेको छ ।
वि.सं.२०७६ कात्तिक २५ सोमवार ११:३२ मा प्रकाशित




























