back

निर्वाचनका लागि कानुन बनाऊ :प्रमुख निर्वाचन आयुक्त

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

645 

shares
GLOBAL IME AD
NTC AD

१७ मंसिर, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी चैतमा गर्ने भनेको स्थानीय तहको निर्वाचन हुने अवस्था कम हुँदै गएको बताउनुभएको छ ।

ीवहबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा स्थानीय निकायको निर्वाचन गर्ने हो भने त्यसका लागि आवश्यक पर्ने स्थानीय निकाय कार्यविधि ऐन २०४८ परिमार्जन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “अहिले देशव्यापी रुपमा निर्वाचनको ठूलो माग छ, म आफँै मधेस, पहाड र हिमालका धेरै ठाउँमा जाँदा त्यहाँका जनताको चुनाव हुनुपर्छ भन्ने माग छ, आयोग यसमा गम्भीर छ ।”

प्रमुख आयुक्त यादवले स्थानीय तहको निर्वाचन गर्ने हो भने त्यसका लागि चाहिने मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन सरकारले चाँडो पारित गर्नुपर्ने बताउनुभयो ।

उहाँले सबै निकायको निर्वाचन गराउन आयोग तयार रहेको बताउँदै पुरानो संरचनाअनुसार नै स्थानीय निकायको चुनाव गराउने हो भने भूगोलको समस्या नहुने विचार व्यक्त गर्नुभयो ।

ककानुन नै नभएको अवस्थामा आफूहरूले यति समयमै निर्वाचन हुन्छ भनेर भन्न सक्ने आधार नभएको उहाँको भनाइ थियो ।

प्रमुख आयुक्त यादवले विसं २०७४ माघ ७ गतेभित्रै तीनवटै निकायको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०३:०६ मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय...

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र...