back
CTIZAN AD

निर्वाचनका लागि कानुन बनाऊ :प्रमुख निर्वाचन आयुक्त

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

999 

shares

१७ मंसिर, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी चैतमा गर्ने भनेको स्थानीय तहको निर्वाचन हुने अवस्था कम हुँदै गएको बताउनुभएको छ ।

ीवहबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा स्थानीय निकायको निर्वाचन गर्ने हो भने त्यसका लागि आवश्यक पर्ने स्थानीय निकाय कार्यविधि ऐन २०४८ परिमार्जन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “अहिले देशव्यापी रुपमा निर्वाचनको ठूलो माग छ, म आफँै मधेस, पहाड र हिमालका धेरै ठाउँमा जाँदा त्यहाँका जनताको चुनाव हुनुपर्छ भन्ने माग छ, आयोग यसमा गम्भीर छ ।”

प्रमुख आयुक्त यादवले स्थानीय तहको निर्वाचन गर्ने हो भने त्यसका लागि चाहिने मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन सरकारले चाँडो पारित गर्नुपर्ने बताउनुभयो ।

उहाँले सबै निकायको निर्वाचन गराउन आयोग तयार रहेको बताउँदै पुरानो संरचनाअनुसार नै स्थानीय निकायको चुनाव गराउने हो भने भूगोलको समस्या नहुने विचार व्यक्त गर्नुभयो ।

ककानुन नै नभएको अवस्थामा आफूहरूले यति समयमै निर्वाचन हुन्छ भनेर भन्न सक्ने आधार नभएको उहाँको भनाइ थियो ।

प्रमुख आयुक्त यादवले विसं २०७४ माघ ७ गतेभित्रै तीनवटै निकायको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०३:०६ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...