back
CTIZAN AD

सङ्घीय गठबन्धनद्वारा संशोधन विधेयक अस्वीकार

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

1K 

shares

१७ मंसिर, काठमाडौँ । सङ्घीय गठबन्धनले सरकारद्वारा व्यवस्थापिका–संसद्मा दर्ता गरिएको नेपालको संविधान (दोस्रो संशोधन) २०७३ विधेयकलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको विहिबार सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको बैठकले संशोधनले गठबन्धनका कुनै माग सम्बोधन नगरेकाले अस्वीकार गर्ने निर्णय गरेको तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी गराउनुभयो ।

उहाँले विधेयकले नेपाली समाजमा विद्यमान रहेको जातीय, वर्गीय, लैङ्गिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावलाई अन्त्य गर्न नसकेकोले स्वीकार नगरिएको बताउनुभयो ।

सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले अहिले प्रस्ताव गरिएको विधेयकलाई परिमार्जन गरी पुनःदर्ता गर्नुपर्ने माग गर्नुभयो ।

बैठकमा सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव लगायत गठबन्धनका २९ दलको सहभागिता रहेको थियो ।

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०३:०२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...