back
CTIZAN AD

आखिर वामदेवले के बोलेका थिए र ?

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

993 

shares

२६ कात्तिक, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रस्तावित उपाध्यक्ष तथा सचिवालय सदस्य बामदेव गौतमले महाकालीको बर्तमान समस्याका बारेमा राखेको धारणा भाइरल बनेको छ ।

नेकपाका वरीष्ठ नेता झलनाथ खनाल प्रमुख रहेको नीति तथा अनुसन्धान बिभागद्धारा सोमवार राजधानिमा आयोजित एक कार्यक्रममा नेता गौतमले महाकाली सन्धिमा राष्ट्रघात भएको कुरा दोहोयाएपछि उनको अभिब्यक्ति चर्चामा आएको हो ।

सो अवसरमा गौतमले भनेका थिए ‘म धेरै खुसी भएको छु । नेकपा एमालेभित्र एउटा समूह निर्माण भएको थियो २०५२÷५३ तिर । र, हामीले एकीकृत महाकाली सन्धिमा ठूलो बहस हुदा सीमानाको कुुरा प्रमुख रुपमा उठाएका थियौं । त्यसले गर्दा पार्टीभित्र यति ठूलो अन्तरविरोध पैदा भयो कि हामी निस्काशित हुनुर्पयो । म सहित एमाले निर्माण गर्ने महत्वपूर्ण व्यक्तित्वहरु निष्काशित भयौं र अर्को पार्टी नेकपा माले खोलेका थियौं ।

जहिलेसम्म नेकपा एमालेभित्र थियौं, यो विषय त्यतिकै चर्किएर उठेको थियो । र, त्यसबेलाको सरकार र पार्टीको संस्थापन पक्षले अनेक आरोप लगाए । फुटिसकेपछि हामी चार वर्ष अलग भयौं । फेरि त्यही पार्टीमा फर्किएर आउनुपर्याे । जे भए पनि आफैंले बनाएको घर थियो । रिस उठ्यो, बाहिर गइयो । आफ्ना कुरा त्यहीभित्र राख्नुपथ्र्यो भन्दै फर्कियौं । नफर्किदासम्म पनि यो विषय प्रमुख थियो । पहिले रहदा पनि यो विषय प्रमुख थियो । जब हामी फर्कियौं, यो विषय नै हरायो ।

आज फेरि नयाँ घटना भारत सरकारले घटायो, जसले गर्दा यो उठ्यो । म यसो सम्झन्छु, राष्ट्रले जनताले कुनै पनि विषय उठाउन कुनै न कुनै ठूलो घटना घट्नुपर्छ । त्यसबेला एकीकृत महाकाली सन्धि गर्नुपर्छ भनेर अध्ययन गर्दै जादा हामीले धेरे विषयमा ठगिएको रहेछ भन्ने निष्कर्षमा पुग्यौं । र, एउटा ठूलो आन्दोलन विकसित भएको थियो । त्यो आन्दोलनले नया पार्टी जन्मियो । त्यसले आफू हुदासम्म सक्दासम्म विरोध गरेर जनतालाई जाग्रित गरायो । जनताले हामी ठगिएका रहेछौं भन्ने थाहा पाए ।

यसपटक भारत सरकारले जम्मु काश्मीरलाई दिएको विशेष अधिकार खारेज गर्दै केन्द्र शासित प्रदेश घोषणा गर्दा नयाँ नक्सा निकाल्यो, त्यो नक्सा हाम्रो देशभित्र एउटा विषय बन्यो । विषय त त्यसबेला पनि त्यही हो, त्यो भन्दा पहिले पनि त्यही हो । किनकी १९६१/६२ देखि भारतीय फौज बसेकै थियो । तर जनतालाई जाग्रित गर्ने, संगठित गर्ने विषय हुनुपर्दोरहेछ । यसपटक यो नक्साले नेपाली जनतामा राष्ट्रिय भावना विकसित भएको छ ।

त्यसबेला नेकपा मालेले मात्र उठायो, अरु कोही आउनु भएन । आज २२ वर्षपछि राष्ट्रिय एकता कायम भएको छ । त्यसबेला नै राष्ट्रिय एकता कायम हुनुपथ्र्यो । तर सरकारले नै प्रत्यत्न गरेन । सरकार कसरी आन्दोलनलाई सामसुम पार्नुपर्छ भन्ने तिर गयौ ।

आज फेरि उठेर आएको छ । यस पटकको जागरणले हाम्रो भूमिमाथि हाम्रो सार्वभौमीकता कायम गरेरै छोड्नेछ भन्ने विश्वास बढेर गएको छ । तर फिर्ता गर्नुपर्छ भन्नु गलत हुन्छ । दिएको चिज, खोसेर लगेको फिर्ता हुन्छ । सार्वभौमिकता खोसेर लैजान सक्दैन, यो अतिक्रमण हो । त्यसैले सुस्ता र कालापानीबाट भारतीय फौज हट्नुपर्छ । ’

नेकपाकै अर्का वरीष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नैपाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेकपा स्थायी समिति सदस्य लीलामणि पोखरेल, नैपाली कांग्रेसका नेता रमेश लेखक , समाजवादी पार्टीका नवराज सुवेदी, राप्रपाका भुवन पाठक, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, डा युवराज संग्रौला, रतन भण्डारी लगायत बिभिन्न दलका प्रतिनिधि र विज्ञहरुले बिप्लवलाइ समेत खुकुलो गनूपर्ने र राष्टिय सहमतिको अवसरलाइ राष्टहितमा जोडनुपर्नै बताएका थिए ।

कार्यक्रमको आयोजकका रुपमा बोल्दै नेता खनालले देशको मामिलामा खुटटा कपाउनै नहुने अडान राखेका थिए ।

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १०:०४ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...