back
CTIZAN AD

इजरायली सुरक्षाकर्मीको गोली लागि एक प्यालेस्टिनी मारिए, कैयौँ घाइते

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

723 

shares

२६ कार्तिक, रमाल्लाह । दक्षिणी स्वेस्ट ब्याङ्कमा सोमबार इजरायली सुरक्षाकर्मीद्वारा एक प्यालेष्टिनी नागरिक मारिएका छन् ।

प्यालेस्टिनीले गरेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप हुँदा अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारीअनुसार अल अरुब शरणार्थी शिविरमा इजरायली सुरक्षाकर्मीहरुले चलाएको गोली लागेर एक प्यालेस्टायनीको मृत्यु भएको हो ।

गोली लागेर गम्भीर घाइते भएका युवालाई उपचारका लागि तत्कालै अस्पताल लगिएपनि चिकित्सकहरुले उनलाई तत्काल मृत घोषित गरेका थिए । इजरायली सैनिकहरुले प्रहार गरेको अश्रुग्यासका कारण धेरै प्रदर्शनकारी घाइते तथा बिरामी भएको बताइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र केहीको अवस्था स्थिर रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १०:१२ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...