back
CTIZAN AD

उपमहानगरपालिकाले दिन लाग्यो दुईसय महिलालाई नि : शुल्क तालिम

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

1.6K 

shares

२६ कात्तिक, काठमाण्डौं । बुटवल उपमहानगरपालिका र बुटवल टेक्निकल इन्स्च्यिुट (बिटीआई) को सहकार्य तथा युएन डिपी नेपालको सहयोगमा २०० जनालाई निःशुल्क तालिम दिन लागेको बताइएको छ ।

उपमहानगरपालिकाका अनुसार Women Economic Empowerment Enterprise Development परियोजना अन्तर्गत तीन महिना सम्मका लागि विभिन्न क्षेत्रमा निशुल्क तालिम दिन लागिएको हो ।

उपमहानगरपालिकाका अनुसार टायल तथा मार्बल फिटिङ, दुग्ध व्यवसाय सम्बन्धी, इलेक्ट्रि–मेकानिकल सम्बन्धी, अतिथि सत्कार तथा पर्यटन सम्बन्धी (फास्टफुड तालिम), आर्क वेल्डिङ तालिम, सोलार तथा बिल्डिङ इलेक्ट्रिसियन तालिम, एसी तथा रेफ्रिजेटरमर्मत तालिम रहेका छन् ।

त्यस्तै मोटरसाइकिल सर्भिसिङ सम्बन्धी, नर्सरी व्यवसाय सम्बन्धी, जे.सि.बी अपरेटर सम्बन्भी, हाइड्रपावर अपरेटेर सम्बन्धी, आल्मुनियम फेब्रिकेटर सम्बन्धी, फर्निचर मेकर सम्बन्धी तालिम रहेको उपमहानगरपालिकाद्धारा जारी सूचनामा जानकारी दिइएको छ ।
उपमहानगरपालिकाका अनुसार १८ देखि ४९ वर्षभित्रका व्यक्तिहरुले आफ्नो नागरिकताको फोटोकपी तथा कुनै तालिम गरेको वा काम गरेको अनुभव भए सोको प्रतिलिपि सहित मंसिर ५ गतेभित्र दरखास्त दिन सक्नेछन् ।

उक्त सूचना अनुसार दलित, लोपोन्मुख, सिमान्तकृत, जनजाती, एकल र मधेशी महिलालाई प्राथमिकता दिइने छ ।

 

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १४:४६ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...