२७ कार्तिक, भारत । भारतको ओडिशा राज्यको बेरहामपुरमा एक जोडीले संविधानको शपथ लिएर विवाह गरेका छन् ।
बिप्लब कुमार र अनिता नाम गरेका यी जोडीले संविधानको सपथ मात्र खाएनन्, विवाहलाई स्मरणीय बनाउनका लागि एक रक्तदान शिविरको समेत आयोजना गरेर सामाजिक काममा समेत चासो देखाए ।
यसरी विवाह गर्नुको कारण खुलाउँदै उनीहरुले दाइजो प्रथाको अन्त्य गर्नका लागि आफूहरुले यसो गरेको र हरेकले सो प्रथा अन्त्य गर्न सहयोग पुर्याउनु पर्ने समेत बताएका छन् । अझ विवाहमा आएका पाहुनाहरुले दाइजो होइन रक्तदान गरेर उनीहरुको सामाजिक कामको सह्राना गरेका थिए ।
साधारण तरिकाबाट विवाह गर्दा बातावरण अनुकुल रहने र यसमा कुनै किसिमको रमझम, पटका तथा अन्य कुनै अनावश्यक संगीत नहुने हुँदा यसले बातावरणलाई कुनै किसिमको नोक्सान नगर्ने समेत उनीहरुले बताएका छन् ।
बिप्लब कुमार एक औषधि कम्पनीमा काम गछर्न भने अनिता नर्स पेशामा छन् । उनीहरु आफनो नयाँ जीवनको सुरुवात नयाँ तरिकाबाट गरेकोमा निकै खुसी भएको बताउँछन् ।
एजेन्सी
वि.सं.२०७६ कात्तिक २७ बुधवार १३:३३ मा प्रकाशित

























