back
CTIZAN AD

बासुमिश्रद्धारा चीनको पक्षमा सडक तताउन अपिल

वि.सं.२०७६ कात्तिक ३० शनिवार

885 

shares

३० कात्तिक, काठमाण्डौं । बाम बुद्धिजीवी बासु मिश्रले चीनको पक्षमा सडक तताउन अपिल गरेका छन् । सामाजिक संजाल मार्फत् उनले नेपालका बामपंथी भन्नेहरुलाइ सो आग्रह गरेका हुन् ।

उनले भनेका छन् 

आफूलाई बामपन्थी भन्नेहरु भारतको नेपालप्रतिको थिचोमिचोको घडीमा सदैब चीनले हामिलाइ हेरेंन भन्दै गुनासो गर्छन । उनीहरुको चाहना भारतले नेपाल माथि अन्याय गर्दा चीनले तिब्बत या ताइवानमा हस्तक्षेप हुँदाको झैं नेपाललाइ पूरा सहयोग गरोस् भन्ने देखिन्छ ।नत्रभने किन चीनलाइ मित्रशक्ति मान्नुपर्यो भन्ने उनीहरुको भनाइ रहन्छ ।

त्यसोभए हामीले पनि त चीनलाइ गुण लगाउनु जरुरी छ कि छैन ? नेपालमा अलिकति परिबर्तनको हावा बहने बित्तिक्कै दक्षिणबाट हुलकाहुल मानिसहरु आएर नेपालीलाइ अर्ति बुद्धि दिने गर्छन र अथवा नेपालबाट लस्कर बाँधेर दिल्ली गएर मन्त्र ग्रहण गरेर आउने चलन पुरानै छ । त्यस्तो घडीमा हामीले कहिल्यै चीनसंग कुनै किसिमको सम्पर्क गर्ने आबस्यकता पनि देख्दैनौ ।

एक चीन नीति हामीले मानेका छौं नि त भन्ने हो भने मुखले त अमेरिका ,भारत , युरोप जापान आदि सबैले एक चीन नीति मानेकै छन् । त्यो कुनै बिशेष गुण नै भएन चिनप्रतिको । केहि मानिसहरु युएनओमा हामीले ताइवानको ठाउँमा चीनलाइ ल्याउन मतदान गरेका थियौं पनि भन्लान् तर चीनले सुरक्षा परिषद्को स्थायी सदस्यता पाउने गरि युएनओमा प्रवेस गरेको साल सन् १९७१ भन्दा ९ बर्ष अगाडी युद्ध गरेको भारत र २ बर्ष अगाडी युद्ध गरेको तत्कालिन सोभियत संघले पनि जनवादी गणतन्त्र चीनको पक्षमा मत दिएका थिए । अझ तत्कालिन सोभियत खेमाको देश अल््वानिया त चीनको प्रस्तावक नै बनेको थियो । चीनलाइ निषेध गर्न चाहने अमेरिकाले भोट नदिएता पनि सुरक्षा परिषदमा भिटो प्रयोग गरेंन । यदि अमेरिका र तत्कालिन सोभियत संघले चाहेको भए अहिलेसम्म चीन युएनओ बाहिरै हुने थियो। नेपालले आफ्नो छिमेकीको पक्षमा मत दिएर भयङ्कर गुण लगाएको भन्न यो तर्क पनि काफी छैन ।

यदि हामीले चिनलाइ गुण लगाउने हो भने अहिले असाध्यै राम्रो मौका छ र हंगकंगमा हिंशात्मक रुपमा भैरहेको प्रदर्शन चीनका लागि अहिले टाउको दुखाइको बिषय भएको छ । तियानमैन स्क्वायरको प्रकारले डिल गर्दा संसारभर गलत मेसेज जान सक्ने, नत्र हिंशाचारीहरुले हंगकंगलाइ अलग्गै देश घोषणा गर्नसक्ने सम्भाबना पनि छ । स्वतन्त्र देश घोषणा गरेमा अमेरिका र युरोप मान्यता दिन ठिक्क परेर बसेका देखिन्छन । यस्तो अवस्थामा हामीले हाम्रो देशबाट हंगकंगका पृथकताबादीको बिरोधमा र चीनको समर्थनमा यहाँ कार्यक्रम गर्न सक्छौ । यस्ता कार्यक्रमलाइ निरन्तरता दिने हो भने चिनियाँ सरकार र जनताले गुण मान्नेछन् ।

नत्र मुखले हामी चीनको पक्षमा छदै छौं भनि बस्ने हो भने त्यसको कुनै अर्थ निस्कन्न । त्यसैले इन्डो प्यासिफिक स्ट्राटेजीलाइ दिल देखिनै दुत्कार्ने हो भने काठमाडौँको सडक हंगकंगका हिंशाचारी पृथकताबादी पश्चिमी दलालहरुको बिरुद्ध तताऔँ ।’

वि.सं.२०७६ कात्तिक ३० शनिवार १५:५६ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...