३ मंसिर, काठमाण्डौं । कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस नेता मोहमद आफताव आलमले रौतहट कारागार जेल जान चलखेल थालेका छन् । आफूलाई जर्बजस्ती नख्खु कारागारमा ल्याइएको भन्दै आलमले रौतहट स्थान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका हुन् ।
गिरीले आइतबार दिउँसो नख्खु कारागार पुगेर आलमसँग भेट गरेका थिए । भेटपछि आलमले कारागार स्थान्तरणका लागि हिन्दीमा लेखेको मागपत्र कारागार प्रशासनलाई बुझाएका छन् । उक्त मागपत्र कारागार व्यवस्थापन विभागमा पठाइएको छ ।
स्थान्तरणका लागि आलमको माग आफ्ना समर्थक भड्काइएर मुद्दा प्रभावित बनाउने खेलअनुसार आएको हुनसक्ने सुरक्षा निकायको विश्लेषण रहेको पनि मंगलबारको कान्तिपुर दैनिकमा समाचार छ ।
आलमले स्थान्तरको माग गर्दै पत्रमा लेखेका छन् ‘वो, एसपी (भुपेन्द्र खत्री रौतहट) ने मेरे संग गलत किया, उसका भी बुरा होगा ।’
वि.सं.२०७६ मंसिर ३ मंगलवार ०७:०७ मा प्रकाशित






























