२ कात्तिक, काठमाण्डौं ।’ ग्लोवल नेपाली फिल्म अर्वाड’ समारोहमा भागलिन नायिका स्वेता खड्का अमेरिकाको सनफ्रान्सिस्को जाने भएकी छन् ।
आगामी नोभेम्बर ३० मा हुन गइरहेको ग्लोबल नेपाली फिल्म अर्वाडमा भाग लिन सनफ्रान्सिस्को जान लागेकी खड्काले अर्वाड समारोहमा सहभागी हुन पाउँदा बेग्लै आनन्दको अनुभुति भएको सामाजिक संजालमा सेयर गरेकी छन् ।
उनले स्वेताश्री फाउन्डेशनको अगुवाइमा निर्माणधिन एकिकृत नमुना माझी वस्तिप्रति चिन्ता, चासो र सहयोगको भावना देखाउने सम्पूर्ण मनकारीहरुसँग भेट्ने इच्छा रहेको समेत जनाएकी छन् ।
उनले भनेकी छन्, ‘लौ है, त त्यहि आएर मनभरीका कुरा गरौला, तिता मिठा अनुभवहरु साटासाट गर्दै माझी बस्ति निर्माणाका लागि साझा सोँच बनाउला ।’

वि.सं.२०७६ मंसिर २ सोमवार २१:१२ मा प्रकाशित






























