back
CTIZAN AD

नेपाल भ्रमणवर्ष २०२० को अवसर पारेर स्पेनका उच्चपदस्थ नेपाल भ्रमणमा आउने

वि.सं.२०७६ मंसिर २ सोमवार

1.2K 

shares

२ मंसिर, स्पेन । स्पेनका उच्च पदस्थहरु नेपाल भ्रमण वर्ष २०२० का अवसमा नेपाल भ्रमणमा आउने भएका छन् ।
स्पेनको Extremadura का मुख्यमन्त्री Guillermo Fernández Vara र Luís Salaya Julián (Alcalde de Caceres)  नेपाल भ्रमण वर्षको सुरुवातमा (जनवरी पहिलो हप्ता) नेपाल भ्रमणमा आउने भएका हुन् । उनीहरुको यो भ्रमणले नेपाल भ्रमण वर्ष २०२० का लागि ठूलो टेवा पुग्ने विस्वास स्पेनका नेपालीले गरेका छन् ।


उनीहरुको उक्त भ्रमणले विशेष गरेर बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धन, स्वास्थ्य, शिक्षा, कृषि, खेलकुद लगायतका क्षेत्रमा सहकार्य तथा समग्र नेपालको पर्यटन र खेलकुद (फुटवल) क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने लुम्बिनी गार्डेन फाउन्डेशन स्पेनले जनाएको छ ।


स्पेनको अहिलेको रुलिङ पार्टी र नोभेम्बर १०, २०१९ को केन्द्रीय सरकारको लागि भएको निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी भएर पुन : सरकार बनाउने तयारीमा जुटेको पार्टीका शिर्ष नेता एवं स्पेनिश प्रधानमन्त्री Pedro Sanchez का विस्वासिला पात्र समेत रहेका मुख्यमन्त्री Guillermo Fernández Vara  को नेपाल भ्रमणले स्पेन र नेपालको सम्बन्ध बलियो हुने विस्वास समेत गरिएको छ ।

धेरै लामो समय पश्चात यस्तो उच्चस्तरीय भ्रमण हुन लागेको बताउँदै विश्व सम्पदा सूचीमा सुचिकृत (काथेरेस) शहरमा बुद्ध स्तुपा निर्माण गर्ने लुम्बिनी गार्डेन फाउन्डेशनको पहललाई Extremadura का मुख्यमन्त्री र Caceres मेयरले सकारात्मक रुपमा लिएर उक्त प्रोजेक्ट अध्ययन गरिरहेको समेत स्पेनका लागि नेपाली पर्यटन दूत तथा लुम्बिनी फाउन्डेशनका एकराज गिरीले संसारन्युजलाई जानकारी दिएका छन् ।

त्यसो त लुम्बिनी सांस्कृतिक नगरपालिकाले यो भ्रमण बारेमा प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु (प्रचण्ड र शेर बहादुर देउवा) परराष्ट्रमन्त्री एवं सचिब, पर्यटनमन्त्री, खेलकुदमन्त्री, प्रदेश -५ का मुख्यमन्त्री, नेपाली दूतावास स्पेन र लुम्बिनीको सेरोफेरोका नगरप्रमुखहरुलाई पत्राचार गरि जानकारी गराउनुका साथै सहयोगको पहलको अनुरोध गरिसकिएको बताइएको छ ।

वि.सं.२०७६ मंसिर २ सोमवार १९:०८ मा प्रकाशित

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...