३ मंसिर, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नौ मेडिकल कलेज शिक्षण अस्पताल गैरकानुनी रुपमा सञ्चालनमा छन् ।
यी कलेजले वातावरणीय प्रभाव मूल्यांकन र भूकम्पप्रतिरोधी भवन प्रमाणिकरण आचार संहिता पूरा नगरेका हुन् ।
त्यस्तै युनिभर्सल कलेज अफ मेडिकल साइन्स, नेसनल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, काठमाण्डौं मेडिकल कलेज र नेपालगन्ज मेडिकल कलेज स्वास्थ्य मन्त्रालयको स्वीकृति विना सञ्चालनमा छन् ।
त्यस्तै चिकित्शासास्त्र अध्ययन संस्थान (आइओएम), अन्तर्गतको त्रिकी शिक्षण अस्पताल (महाराजगँज) नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, जानकी मेडिकल कलेज र मणिपाल कलेज अफ मेडिकल साइन्सपनि स्वीकृति विना संचालनमा रहेको मंगलबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।
वि.सं.२०७६ मंसिर ३ मंगलवार ०७:२३ मा प्रकाशित






























