३ मङ्सिर, काठमाडौँ । नव विशाल बहुउद्देश्यीय सहकारी संस्था लिमीटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कमैचारीहरुको माग गरेको छ ।
काठमाडौँको असन स्थित उक्त संस्थाले व्यवस्थापकमा २, कर्जा अधिकृतमा २, बजार अधिकृतमा २, लेखापालमा १, सुपरभाईजरमा २, बजार प्रतिनिधीमा १० र कार्यालय सहयोगीमा २ कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार अनुभवी तथा ईच्छुक व्यक्तिले सूचना प्रकाशित मितिले १५ दिनभित्र यस संस्थाको कार्यालय असनमा गई आवेदन दिन आव्हान गरेको छ ।
विस्तृत जानकारीका लागि फोन नं. ०१– ४२१९७१४, ४२१९७३८ वा ईमेलः navabishal@gmail.com मा सम्पर्क गर्न सकिने जनाएको छ ।
यसैबिच ग्यनवेल सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ लिमीटेडले पनि जेनेरल म्यानेजरमा १, मार्केटिङ अफिसरमा १० र मार्केटिङ सुभरभाइजरमा ३ जना कर्मचारीहरुको माग गरेको छ ।
पुलचोक स्थित रहेको उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो बायोडाटा र हालसालै खिचेको पिपी साइजको फोटो सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र पेश गरिसक्नुपर्ने सूचना दिएको छ ।
थप जानकारीका लागि फोनः नं. ५५२५८८१, ५००९२५४ वा ईमेलः gainwell@live.com मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।
त्यसैगरी नर्भिक इन्टरनेशनल हस्पिटलले पनि गाइनो ल्याप्रोस्कोपिक, रेडियोलोजिस्ट र एसआर स्टाफ नर्समा केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
काठमाडौँ को थापाथली स्थित उक्त हस्पिटलले योग्य तथा अनुभवी व्यक्तिले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १० दिनभित्र उक्त हस्पिटलमा बुझाइ सक्नुपर्ने सूचना दिएको छ ।
थप जानकारीका लागि ईमेलःhrd@norvichospital.com मा मेल गर्न सकिने जनाएको छ ।
वि.सं.२०७६ मंसिर ३ मंगलवार ११:०७ मा प्रकाशित
























