back
CTIZAN AD

गोरु काटेर खाने चार पक्राउ

वि.सं.२०७६ मंसिर ३ मंगलवार

834 

shares

३ मङ्सिर, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन् ।

पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुर अन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए । उनीहरु सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानसमेत भइरहेको उनको भनाइ छ ।

वि.सं.२०७६ मंसिर ३ मंगलवार १२:०७ मा प्रकाशित

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...