back
CTIZAN AD

बिडिसिए कपः तीन टोली सुपर सिक्समा

वि.सं.२०७६ मंसिर ९ सोमवार

870 

shares

९ मसिंर, बैतडी । बैतडीमा जारी बिडिसिए कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको सुपर सिक्समा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । लिग चरणका खेलबाट पाटन भ्याली क्रिकेट क्लब, वासुलिङ क्रिकेट क्लब र पञ्चकोटी क्रिकेट क्लब सुपर सिक्समा पुगेका हुन् ।

निङ्ग्लाशैनी खेल मैदानमा सम्पन्न खेलमा भ्यालीले महामाया क्रिकेट क्लबलार्ई ४६ रनले हराएको हो । टस जितेर ब्याटिङ गरेको भ्याली २० ओभरमा १८३ रनमा समेटियो । उसका लागि राहुल भण्डारीले ४७ रन बनाए । महामायाका लागी जयसिंह टोक्टरेले चार विकेट लिए ।

जवाफी ब्याटिङ गरेको महामायाले २० ओभरमा १३८ रन मात्रै बनाउन सक्यो । उसका लागि सन्तोष बिजलेको ३७ रन बनाए । भ्यालीका पारस विष्टले तीन तथा राहुल भण्डारीले दुई विकेट लिए । राहुल म्यान अफ द म्याच घोषित भएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

अर्को खेलमा असिमकेदार क्रिकेट क्लबमाथि १४८ रनको जित हात पार्दै वासुलिङ सुपर सिक्समा पुगको हो । पहिला ब्याटिङ गरेको वासुलिङले तीन विकेट क्षतिमा २०० रन बनायो । उसका लागि सुरेन्द्र ऐरीले सर्वाधिक ५३ रन बनाए । असिमकेदारका चक्र बडुले एक विकेट लिए ।

दुई सय एक रनको लक्ष्य पछ्याएको असिमकेदार ५२ रनमा समेटियो । वासुलिङका महेश ऐरीले चार विकेट लिए । उनी म्यान अफ द म्याच घोषित भए ।

यस्तै बुड्डाबाजे क्रिकेट मैदानमा सम्पन्न खेलमा त्रिपुरा सुन्दरी क्रिकेट क्लबलाई ५० रनले पाखा लगाउँदै पञ्चकोटी सुपर सिक्समा प्रवेश ग¥यो । पहिला ब्याटिङ गरेको पञ्चकोटीले डम्बर बुडालको ७२ रनको मद्दतमा चार विकेट गुमाउँदै १६६ रन बनायो । त्रिपुराका वीरेन्द्र रानाले दुई विकेट लिए ।

एक सय ६७ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको त्रिपुरा १६ ओभरमा ११६ रनमा सीमित रह्यो । उसका लागि लोकेन्द्र थापाले ३२ रन जोडे । पञ्चकोटीका जीवन बुडालले चार तथा दिनेश बुडालले तीन विकेट लिए ।

बुडाल म्यान अफ द म्याच घोषित भएको जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष खेमराज भट्टले बताए । जिल्ला क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ५ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा जिल्लाका २० टोली सहभागी छन् ।

वि.सं.२०७६ मंसिर ९ सोमवार १०:२० मा प्रकाशित

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...