back
CTIZAN AD

प्रधानमन्त्रीका बारेमा यस्तो भन्छन् मुख्य सल्लाहकार विष्णु रिमाल

वि.सं.२०७६ मंसिर ९ सोमवार

690 

shares

९ कात्तिक, काठमाण्डौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले स्वस्थ्य मान्छेले भन्दा राम्रो काम गरेको बताएका छन् ।
उनले मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको आयु यति र उति भन्नु डेढ अचाक्ली प्रचार गरिएको भन्दै प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा नेपाली मिडियामा अतिरञ्जित तरिकाले मनोरोग लागेको जस्तै समाचार आउने गरेकोमा आफ्नो असहमति रहेको समेत बताएका छन् । ‘सूचना पाउँदा पाउँदै पनि मेडियामा अड्कल बाजी धेरै भइरहेको छ ।’ उनले भनेका छन् ।

स्वदेशमै उपचार सम्भव रहेका बेला प्रधानमन्त्री उपचारका लागि विदेश किन जानुपर्यो भन्ने प्रसंगमा रिमालले भनेका छन्, ‘यो ठूलो कुरा होइन, प्रधानमन्त्री र सर्वसाधारण फरक कुरा हो । नेता र जनताको कुरा फरक हुन्छ । यो सत्य विर्सनु हुँदैन कि, नेता बनाउन धेरै समय लाग्छ राजनेतालाई जोगाउने जिम्मा देशको हो । जहाँ लगेर भएपनि जोगाउनु पर्छ । राष्ट्रको नेतालाई जोगाउने जिम्मा हाम्रो हो ।’

उनले आफू जिब्रो चपाएर नबोल्ने बताउँदै अहिले मन्त्रीबाट हटेकाहरु असक्षम भएर नभइ अरुलाई पालो दिएको समेत बताएका छन् । उनले यो गठबन्धनको सरकार नभएको हुनाले मन्त्री फेरबदल गर्दा अरुलाई सोध्नुनपर्ने समेत बताएका छन् । ‘मन्त्री फेरिए पनि सरकारको नीति, कार्यक्रममा परक पर्दैन, सरकार अविछिन्न हुन्छ,’ मुख्य सल्लाहकार रिमालले गोरखापत्रको दोहोरो संवादमा भनेका छन्, ‘गल्ती गर्ने कसैलाई नछाड्ने सरकारको नीति छ । को–को सँग जोडिएको छ, कुन पदमा छ भन्ने प्रधानमन्त्रीले हेर्नुहुन्न ।’

वि.सं.२०७६ मंसिर ९ सोमवार १०:२० मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...