९ मङ्सिर, काठमाडौँ । नेपोलियन हेल्थ केयर सेन्टर लिमीटेड प्राइभेटले दक्ष, सक्षम तथा सोहि विषयसँग कार्यानुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।
थापाथली स्थीत उक्त मेडिकल संस्थाले एमबिबीएस डक्टरमा ३, बिएमएलटीमा २, म्यानेजरमा २, हेल्थ असिस्टेन्टमा २, रेडियोग्राफरमा २, ल्याब असिस्टेन्टमा २, स्टाफ नर्समा ४, एकाउन्टेन्टमा २, कम्प्युटर अपरेटरमा २, रिपोर्ट डेलिभरीमा २, अफिस सेक्रेटरीमा २ र अफिस असिस्टेन्टमा ३ जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।
उक्त मेडिकल संस्थाका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले यथासिघ्र सम्पर्क राख्नुपर्ने सूचना दिएको छ ।
विस्तृत जानकारीका लागि ०१–४३८०५३०, ४३८०५३१, ९८५१०७४१४७ वा ईमेलः nepolian70@gmail.com, nepolianacc@gmail.com मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।
यसैबीच लुलु इन्टरनेशनल प्राईभेट लिमीटेडले पनि रिसेप्सनिष्टमा ४, एकाउन्टेन्टमा २, डकुमेन्टेशन अफिसरमा २ र किचन असिस्टेन्टमा १ महिला कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।
उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्रका साथ सम्पर्क राख्नुपर्ने सूचना दिएको छ ।
थप जानकारीका लागि फोनः नं. ४३५०१५१, ४३५१६३७ वा ईमेलः info@luluintl.com मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।
वि.सं.२०७६ मंसिर ९ सोमवार १०:५५ मा प्रकाशित



























